बागडोगरादेखि बेंगलुरुको उड़ान रद्द भएको कारण यात्रीहरूमा आक्रोश
बागडोगरादेखि बेंगलुरुको उड़ान रद्द भएको कारण यात्रीहरूमा आक्रोश


सिलगढ़ी, 4 दिसम्बर (हि.स)। बागडोगरा एयरपोर्टदेखि बेंगलुरु जाने इण्डिगोको फ्लाइट दुई दिनदेखि रद्द भेको कारण यात्रीहरूमा व्यापक रोष देखिँदैछ। बुधवार अपरान्ह साढ़े बाह्र बजे उड़्ने फ्लाइटको बोर्डिंग पूरा भएपछि अचानक त्यसलाई रद्द गरियो।

एयरलाइनको पक्षबाट यात्रीहरूलाई बिहीवार टिकट दिइएको थियो। तर बिहीवार बिहान यात्रीहरू एयरपोर्टमा पुग्दा उनीहरूलाई फैरि फ्लाइट रद्द भएको जानकारी गराइयो। त्यसपछि यात्रीहरूलाई 6 दिसम्बरको नयाँ तारिक दिइँदैछ वा रिफण्डको नाममा व्यापक क्यान्सलेशन चार्ज काटिँदैछ।

यात्रीहरूले बताए, केही मानिसहरू उपचार गराउनको निम्टि बेंगलुरू गइरहेका थिए भने कतिपयको महत्वपूर्ण जब् इन्टरभ्यु थियो। फ्लाइट बारम्बार क्यान्सल भइरहेकोले उनीहरूलाई गम्भीर समस्या अनि आर्थिक नोक्सान झेल्न परिरहेको छ।

साथै यात्रीहरूले आरोप लगाए, एयरपोर्ट अधिकारीले फ्लाइट क्यान्सल भएको स्पष्ट कारण बताइरहेका छैनन्। यस मामिलामा एयरपोर्ट प्रशासनको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande