
नयाँ दिल्ली, 04 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार धूलो नियन्त्रणको आईटीओमाथि नयाँ मिस्ट स्प्रे सिस्टमको शुरूआत गरिन्। यस अवधि उनले स्थलमा पुगेर निरीक्षण गरिन् अनि अधिकारीहरूसित यसको संचालन, प्रभाव तथा क्षेत्रमा धूलो कम हुने प्रगतिमाथि विस्तृत जानकारी प्राप्त गरिन्। उनले भनिन्, दिल्लीमा प्रदूषण नियन्त्रण सरकारको सर्वोच्च प्राथमिकता हो।
मुख्यमन्त्री रेखा गुप्ताले प्रदूषण प्रबन्धनको बारेमा बताइन्, दिल्लीमा स्वच्छता, धूलो नियन्त्रण तथा फोहोर प्रबन्धनलाई लिएर सरकारको व्यापक अभियान निरन्तर जारी छ। उनले भनिन्, प्रदूषण नियन्त्रणको लागि सरकार हरेक मोर्चामा मिशन मोडमा कार्यरत छ। वरिष्ठ अधिकारी तथा आईआईटी एवं पर्यावरणसित सम्बन्धित विशेषज्ञहरूको एक उच्चस्तरीय कमिटी गठन गरिँदैछ जसले लगातार प्रदूषणलाई नियन्त्रणमा ल्याउनको लागि कार्य गर्नेछ। मुख्यमन्त्रीले सबै विभागहरूलाई निर्देश दिएकी छन्, प्रदूषण नियन्त्रणप्रति कुनै पनि प्रकारको लापरवाहीलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन।
रेखा गुप्ताले भनिन्, दिल्ली प्रदूषण नियन्त्रण समितिलाई निर्देश दिइएको छ कि प्रदूषण तथा सफाईमा हेल्चेक्र्याइँ गर्ने सस्थानहरूबाट तत्काल चालान काटेर भारी जरीमाना असुलिनेछ। अनुमति बिना रोड कटिंग गर्ने औ त्यसलाई समयमा नभर्ने संस्थानहरूविरूद्ध एफआईआर दर्ता गरिनेछ।
उनले बताइन्, हरेक दिन हजारौं किलोमीटर सड़कहरूलाई धूलोमुक्त बनाइँदैछ। हटस्पट क्षेत्रमा विशेष टीमहरू तैनाथ छन् जसले तत्काल कारबाही सुनिश्चित गरिरहेका छन्। दिल्ली सरकार प्रदूषणलाई कम गर्नको लागि प्रतिबद्ध छ। सबै एजेन्सीहरूले दिन-रात काम गरिरहेका छन् ताकि राजधानीको हावालाई स्वच्छ बनाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा