
सिलगढ़ी, 04 दिसम्बर (हि. स.)। सिलगढ़ी शहर एउटा ठूलो दुर्घटनादेखि धन्न बाँच्यो। बिहीवार सिलगढ़ीको इण्डियन ओयल कर्पोरेशन (आईओसी)-को गेट सामु खड़ा तेलको ट्याङ्करमा अचानक आगो लागेको घटना प्रकाशमा आएको छ। हेर्दा-हेर्द घटनास्थलमा कोकोहोलो मचियो।
स्थानीय सूत्र अनुसार ट्याङ्करको चक्का अचानक पड़्केर आगो लाग्यो। तर आगोलाई तत्कालै आईओसी कर्मीहरूले फायर सेफ्टी सिस्टमलाई प्रयोग गरी निभाउने चेष्टा गरे। त्यसपछि तुरून्तै दमकल विभागलाई सूचना दिइयो। दमकल आइपुग्न अगावै आगो अधिकांश रूपमा निभिसकेको थियो। पछि दमकलकर्मीहरूले घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपले नियन्त्रित गरे। आईओसी कर्मचारीहरूको तत्परता र दमकलको तत्काल कारबाहीको कारणले आज यहाँ ठूलो दुर्घटना हुनदेखि बच्यो। आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।घटनापछि दमकल र पुलिसले संयुक्त रूपमा जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूको भनाइ छ, टायर पड़्केको कारणले लागेको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा