
बरेली, 4 दिसम्बर (हि.स.)। अल इण्डिया मुस्लिम जमातका राष्ट्रिय अध्यक्ष मौलाना मुफ्ती शाहाबुद्दीन रजवी बरेलवीले रूसका राष्ट्रपति व्लादिमीर पुतिनको भारत यात्रालाई स्वागत गर्दै यसलाई मित्रताको नयाँ उदाहरण बताएका छन्। उनले भने, भारत अनि रूसको ऐतिहासिक तथा पुरानो सहयोग रहिआएको छ। उनले आशा व्यक्त गरे, अब जतिबेला भारत र रूसका दुई महान हस्तिहरू आपस्तमा भेट गरिरहेका छन् भने धेरैवटा महत्वपूर्ण मुद्दाहरूमा सम्झौता हुनसक्छ।
मौलाना रजवी बरेलवीले विशेष रूपमा भारत–रूसको आर्थिक, सांस्कृतिक औ रक्षा-क्षेत्रमा सम्वर्धित सम्बन्धहरूको उल्लेख गरे। उनले भरोसा व्यक्त गरे, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति पुतिनले रक्षाको क्षेत्रमा साझेदारीलाई अझ मजबुत बनाउनेछन्।
उनले भने, भारतको दोस्रो मित्र देशहरू जस्तै अमेरिका क्यानडासितको सम्बन्धमा समय-समयमा उतार-चढ़ाउ आइरहन्छ। उनले भने, देशवासीहरूलाई प्रधानमन्त्री मोदीबाट ठूलो आशा छ। पुतिनको भारत यात्रा देशको रक्षा, आर्थिक तथा सामरिक सुदृढ़्ताको लागि एक सकारात्मक कदम साबित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा