बिजापुर नक्सली भिडन्त: थप ४ माओवादीको शव भेटियो, मारिएका नक्सलीहरूको कुल संख्या पुग्यो १६
बिजापुर नक्सली भिडन्त: थप ४ माओवादीको शव भेटियो


जगदलपुर/रायपुर, 4 दिसम्बर (हि.स.)। छत्तीसगढ़को बिजापुर जिल्लाको गंगालूर क्षेत्रमा बुधवार सुरक्षा बल र माओवादीहरूबीच भएको भीषण भिडन्तमा मारिएका नक्सलीहरूको संख्या १६ पुगेको छ। सुरक्षा बलहरूले बिहिवार थप चार माओवादीहरूको शव बरामद गरेका छन्। पुलिस डीआईजी कमलोचन कश्यपले यस घटनाको आधिकारिक रूपमा पुष्टि गरेका छन्।

छत्तीसगढ़को बिजापुर जिल्लाको गंगालूर क्षेत्रमा सुरक्षा बल र माओवादीहरूबीच भएको भीषण भिडन्तमा १२ माओवादीहरू मारिएको पुष्टि गरिएको थियो, तर खोजी अभियानको क्रममा यो संख्या अब १६ पुगेको छ। विज्ञहरूका अनुसार, मारिएका नक्सलीहरूको संख्या अझै बढ्न सक्छ।

यसअघि बुधवार बिहानदेखि नै डीआरजी, एसटीएफ, कोब्रा र सीआरपीएफले बिजापुर-दन्तेवाड़ा सीमाको पश्चिम बस्तर डिभिजन क्षेत्रमा खोजी गरिरहेका थिए। यस क्रममा नक्सलीहरूसँगको भीषण भिडन्त भएको थियो। हिजो साँझसम्म जारी रहेको उक्त भिडन्तमा बाह्र नक्सली मारिएको पुष्टि भएको छ।

यस भिडन्तमा डीआरजीका तीन जवान शहीद भएका छन्, जसमा प्रधान आरक्षक मोनु वडाड़ी, आरक्षक दुकारू गोंडे र जवान रमेश सोड़ी सामेल छन्। यसैगरी, अन्य दुई जवान घाइते भएका छन्, जसमध्ये दुवै जना अहिले खतरामुक्त रहेको बताइएको छ।

भिडन्त स्थलबाट बरामद गरिएका हतियारहरूमा एसएलआर, इन्सास र ३०३ राइफलहरू समावेश छन्। खोजी अभियानको क्रममा भेटिएका सबै शवहरू अधीनमा लिइएका छन्। क्षेत्रमा अझै पनि खोजी अभियान जारी छ र थप बलहरू तैनाथ गरिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande