
बीरभूम, 04 दिसम्बर (हि. स.)। बीरभूम जिल्लाको बोलपुरमा अवैध बालुवा तस्करीमाथि रोक लगाउनको लागि पुलिसले एक महत्वपूर्ण कारबाहीलाई परिणाम दियो। गुप्त सूचनाको आधारमा बिहीवार बिहान पुलिस टमले अजय नदीको किनारमा अवस्थित क्षेत्रमा छापा मारेर बालुवाले भरिएका तीन वटा ट्र्याक्टरलाई समात्यो।
पुलिस अनुसार यी ट्र्याक्टरहरूसित कुनै पनि प्रकारको वैध दस्तावेज थिएन जसपश्चात वाहनहरूलाई तुरून्तै जफत गरी थानामा लगियो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचिएको छ। स्थानीय मानिसहरू अनुसार लामो समयदेखिको भइरहेको अवैध बालुवा खननमाथि अब पुलिसले कड़ाई गर्न शुरू गरेको छ।
पुलिस अधिकारीहरूले बताए, अवैध बालुवा उत्खनन तथा तस्करीविरूद्ध अभियानलाई अझ तीव्रता दिइनेछ ताकि यस सम्पूर्ण ऱ्याकेटमाथि प्रभावकारी ढंगमा लगाम लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा