
हुगली, 04 दिसम्बर (हि. स.)। जिल्लाको उत्तरपाड़ास्थिच अमरनाथ ब्यांक कलोनी क्षेत्रमा एकजना व्यक्तिको सड़िसकेको शव भेटिनाले क्षेत्रमा सन्त्राष फैलिएको छ। मृतकको पहिचान 46 वर्षीय मनोरञ्जन बसाकको रूपमा भएको छ।।
सूत्र अनुसार बिहीवार तीव्र दुर्गन्ध आएपछि स्थानीय मानिसहरूले पत्तो लगाउने चेष्टा गरे। यस अवधि घरभित्र एउटा अर्धनग्न, रगताम्मे तथा सड़िसकेको शव भेटियो। प्राप्त जानकारी मुताविक जुन घरको माथिल्लो तलामा मनोरञ्जन बस्थे, त्यसैको तल्लो तलामा उनकी आमा, विवाहित बहिनी र उसको परिवार बस्छन्।
परिवारको भनाइ छ, मनोरञ्जन सदैव नशामा डुबिरहनथे। केही समयपूर्व उनको पत्नीसित सम्बन्ध विच्छेद भएको थियो, त्यसपछि मनोरञ्जनको मानसिक स्तिति र नशाको लत दुवै बढ़ेको थियो।
स्थानीय मानिसहरूले प्रश्न उठाएका छन्। उनीहरूको भनाइ छ, घरको तल्लो तलामा मानिसहरू थिए भने माथिल्लो तलाबाट आइरहेको यस्तो तीव्र दुर्गन्धलाई कसरी महसूस गर्न सकेनन्?मनोरञ्जनको परिवारले केही दिनसम्म उनलाई खोज-तलास किन गरेन?
यसको सूचना पुलिसलाई दिइयो। सूचना पाउनसाथ उत्तरपाड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले घटनास्थलमा जाँच शुरू गऱ्यो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर परिवार तथा छर-छिमेकहरूसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा