दिल्लीमा खतरनाक प्रदूषणमा विपक्षी गठबन्धनका सदस्यहरूको संसद परिसरमा प्रदर्शन, सोनियाले भनिन्- मलाई सास लिनमा समस्या
सोनिया


नयाँ दिल्ली, 04 दिसम्बर (हि.स.)। दिल्लीमा बढ्दो प्रदूषण र सास निसासिने हावालाई लिएर विपक्षी गठबन्धनका नेताहरूले बिहिवार संसद भवन परिसर स्थित मकर द्वारमा विरोध प्रदर्शन गरे।

प्रदर्शनमा कांग्रेस अध्य़क्ष मल्लिकार्जुन खरगे, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, कांग्रेस महासचिव प्रियंका गान्धी, केसी वेणुगोपाल, लोकसभामा कांग्रेसका उपनेता गौरव गोगोई, रंजीत रन्जन समेत धेरै दलहरूका वरिष्ठ नेताहरू सामेल भए।

सोनिया गान्धीले पत्रकारहरूसित कुराकानीमा भनिन्, यस प्रदूषण विरूद्ध तुरन्तै कदम उठाउने सरकारको कर्तव्य हो। यस प्रदूषणमा उनी जस्ता बुजुर्गहरूदेखि लिएर स-साना नानीहरू प्रभावित भइरहेका छन्।

प्रियंका गान्धीले भनिन्, उनकी आमालाई अस्थमा छ। उनी जस्ता तमाम बुजुर्ग र स-साना नानीहरूले सास लिन सकिरहेका छैनन्। हरेक साल स्थिति बिग्रिँदै गइरहेको छ। एक-अर्कामाथि औंल्याउने यो कुनै राजनीतिक मामिला होइन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande