छत्तीसगढ़मा फलाम र जमीन कारोबारीहरूका ठेगानामा आयकर विभागको छापामारी
छत्तीसगढ़मा फलाम र जमीन कारोबारीहरूका ठेगानामा आयकर विभागको छापामारी


रायपुर, 04 दिसम्बर (हि.स.)। छत्तीसगढ़मा बिहिवार बिहान कारोबारीहरूको ठेगानाहरूमा आयकर विभागले ठूलो कारबाही गरेको छ। अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार, विभागका अलग-अलग टीमहरूले फलाम र जमीन कारोबारीहरूसित जोड़िएका कूल 24 ठेगानामा छापा मारेका छन्। यो कारबाही सिलतर र उरला स्थित फ्याक्ट्रीहरूमा गरियो। छापामारीमा आईटीको टीमको साथ 100 भन्दा धेरै सीआरपीएफ जवानहरू पनि उपस्थित थिए।

अधिकारिक सूत्रहरू अनुसार, सिलतर स्थित इस्पात इण्डियाको संचालक आनन्दम निवासी विनोद सिंगलाको प्रतिष्ठानहरूमा जाँच गरियो। उनी एमएस पाइप निर्माता पनि हुन्। यस बाहेक अरविन्द अग्रवाल सिग्नेचर होम्स, मैग्नेटो मलको पछाड़ी आनन्दम निवासी रवि बजाजको घरका साथै ओम स्पन्जका ठेगानाहरूमा पनि रेड गरिएको खबर छ। आयकरको टीमहरूले वित्तीय लेन-देन, स्टक र बही-खाताहरूसित जोड़िएका दस्तावेजहरूको जाँच गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande