
अहमदाबाद, 04 दिसम्बर (हि.स.)। गुजरात आतङ्कवाद विरोधी टोली (एटीएस) ले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारी पाकिस्तानी जासूसहरूलाई दिएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेर जासूसी सञ्जालको पर्दाफास गरेको छ। पक्रा परेका अभियुक्तहरूमा एक महिला र एक पूर्व सेनाका सिपाही सामेल छन्।
यस सम्पूर्ण अपरेशनमा गुजरात एटीएसले दुई अलग-अलग राज्यहरूमा कारबाही गर्दै रश्मिन रविन्द्र पाल नामकी एक महिला जासूसलाई दमनबाट पक्राउ गर्योअ। जबकि भारतीय सेनामा पूर्व सूबेदार एके सिंहलाई गोवाबाट पक्राउ गरियो।
प्राथमिक जाँचमा दुवै आरोपी पाकिस्तानको जासूसी एजेन्सीहरूको ससम्पर्कमा रहेको र देशविरोधी गतिविधिहरूमा सामेल रहेको थाहा लागेको छ।
पूर्व सूबेदार एके सिंहमाथि पाकिस्तानी जासूसहरूलाई आर्थिक रूपमा सहयोग गरेको गम्भीर आरोप लागेको छ। दुवै अभियुक्तमाथि देशको संवेदनशील क्षेत्रहरूसँग सम्बन्धित गोप्य जानकारी पाकिस्तानलाई दिएको आरोप छ।
गुजरात एटीएस अब यस जासूसी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूसम्म पुग्नका लागि जुटेको छ। अभियुक्तहरूले अहिलेसम्म कुन संवेदनशील जानकारी दिएका छन् र यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको पनि अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी