
कोलकाता, 04 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा राजनीतिक हलचलबीच तृणमूल कांग्रेसले ठूलो कदम उठाउँदै भरतपुरका विधायक हुमायू कबीरलाई पार्टीबाट आजीवन निलम्बित गरेको छ। कोलकाताका मेयर एवं शहरी विकास मन्त्री फिरहाद हकिमले बिहिवार प्रेस कन्फ्रेन्स गरी यो घोषण गरे।
फिरहाद हकिमले भने, हुमायू कबीरको अब तृणमूलसित कुनै सम्बन्ध रहनेछैन। पार्टी धर्मको नाममा घृणा फैलाउने राजनीतिलाई स्वीकार गर्दैन र यस्ता मानिसहरूसित पार्टीको कुनै सम्बन्ध हुनसक्दैन। यो कारबाही पार्टीको अऩुशासन समितिले तृणमूल प्रमुख ममता ब्यानर्जीको सहमतिपछि गरेको हो।
विधायक हुमायू कबीर हालमा आफ्नो विवादास्पद टिप्पणीका कारण चर्चामा थिए। उनले 06 दिसम्बरमा बेलडाङ्गामा बाबरी मस्जिद को आधारशिला राख्ने जस्ता बयान दिएका थिए, जसबाट अचानक राजनीतिक तापक्रम बढ्यो। यही बयानले पार्टीभित्र असहजता थियो र चुनाउ अगाड़ी तृणमूलको लागि परिस्थिति झन् कठिन बन्दै गइरहेको थियो।
वक्फ संशोधन विधेयकलाई लिएर साम्प्रदायिक तनाव र हिंसात्मक विरोधका कारण मुर्शिदाबाद विगत केही महिनादेखि संवेदनशील बनेको छ। यस पृष्ठभूमिमा कबीरको टिप्पणीले पार्टीको चुनावी रणनीतिलाई अझ् जटिल बनाएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी