
गान्तोक, 4 दिसम्बर (हि.स.)। सिक्किम एडुकेशनल सोसाइटीद्वारा आयोजना हुन लागिरहेको डान्स कम्पिटिशन 'स्ट्रीट टु स्टेज सिक्किम' को अडिशन अब अफलाइनको सट्टा अनलाइन माध्यद्वारा हुनेछ। प्रतियोगितामा भाग लिन इच्छुक प्रतिभागीहरूले आफ्नो नृत्यको भिडियो रेकर्ड गरेर आयोजककहॉं पठाउनु पर्नेछ।
उक्त जानकारी आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिइयो। आयोजक पक्षको तर्फबाट अभिषेक प्रधानले भने, स्ट्रीट टु स्टेज सिक्किम डान्स प्रतियोगिताको लागि अब अफलाइनको सट्टा अनलाइन अडिशन हुनेछ। इच्छुक प्रतिभागीहरूले आफ्नो दुई मिनटको भिडियो पठाउनु पर्नेछ। निर्णायकहरूले भिडियो हेरेर प्रतिभागीहरूको चयन गर्नेछ र मेगा अडिशनका लागि पाकिममा बोलाउने छ।
उनले अझ भने, अडिशनको प्रवेश शुल्क तिर्नु पर्दैन, तर मेगा अडिशनका लागि चयनित प्रतिभागीहरूले निर्धारित प्रवेश शुल्क भुक्तान गर्नु पर्नेछ। अनलाइन अडिशन यो दिसम्बर महिनाभरि चल्नेछ भने जनवरी 2026 मा मेगा अडिशन हुनेछ। उनले यो प्रतियोगिता विद्यार्थीहरूलाई विशेष ध्यानमा राखेर आयोजना गरिरहेको र आगामी विन्टरको विदा विद्यार्थीहरूले फोनको सट्टा आफ्नो प्रतीभा प्रस्तुत गर्न बिताउन् भन्ने उद्देश्य रहेको बताए।
यो नृत्य प्रतियोगिता जुनियर अण्डर 16 र वरिष्ठ (खुल्ला) वर्गमा आयोजना गरिरहेको बताइएको छ। यस प्रतियोगिता अन्तर्गत जुनियर वर्गका विजेताले 50 हजार, प्रथम उपविजेताले 25 हजार, दोस्रो उपविजेताले 15 हजार र तेस्रो उपविजेताले 10 हजार प्राप्त गर्नेछन्। यसरी नै वरिष्ठ वर्गका विजेताले एक लाख, प्रथम उपविजेताले 50 हजार, दोस्रो उपविजेताले 30 हजार र तेस्रो उपविजेताले 15 हजार रूपियॉं प्राप्त गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल