भाड़ाको घरमा पुलिसको रेड- 62 किलो लागूऔषध जफत
भाड़ाको घरमा पुलिसको रेड- 62 किलो लागूऔषध जफत


जोधपुर, 04 दिसम्बर (हि.स.)। शहर नजिकै बनाड़ स्थित खोखरियामा झोपड़ी रोड श्रीयादे नगरमा एउटा भाड़ाको घरमा पुलिसले छापा माऱ्यो। घरको खानतलाशीमा पुलिसले 62 किलोभन्दा अधिक लागूऔषध जफत गऱ्यो। आरोपी हात परेनन्, पुलिसले आमा छोरामाथि केस दर्ता गऱ्यो। पुलिसले उनीहरूलाई खोजीरहेको छ।

बनाड़ थानाधिकारी गंगारामले भने, झोपडी रोड खोखरियास्थित श्रीयादे नगर क्षेत्रको एउटा भाड़ाको घरमा लागूऔषधको भण्डारण गरिएको छ भन्ने सूचना प्राप्त भएको थियो। यसपछि पुलिस टीमको साथ त्यहाँ छापा मारियो। घरकी महिला सुमन विश्रोई त्यहाँबाट निस्किइन्। बाहिर एउटा कोठाको खोजी गर्दा लागूऔषध भरेको चार वटा बोरा फेला पऱ्यो। कूल 62 किलो 700 ग्राम अफिम जफत भएको छ। सुमनका छोरा रोहित पनि केस दर्ता गरिएको छ। आमा-छोरा विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दुवैको खोजी भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande