हितधारकहरूको सहभागितामा सिक्किम एजी कार्यालयमा लेखापरीक्षा सप्ताह 2025 सम्पन्न
हितधारकहरूको सहभागितामा सिक्किम एजी कार्यालयमा लेखापरीक्षा सप्ताह 2025 सम्पन्न


गान्तोक, 4 दिसम्बर (हि.स.)। महालेखाकारको कार्यालय, सिक्किममा लेखापरीक्षा सप्ताह 2025 पालन गरियो, जसको समापन समारोहमा जनलेखा समितिका (पीएसी) अध्यक्ष सोनाम छिरिङ भेञ्चुङपा मुख्य अतिथि अनि पीएसीका सदस्य आदित्य गोले विशेष अतिथिका रूपमा उपस्थित थिए। उक्त जानकारी आज पीआईबीले दिएको छ।

कार्यक्रममा भारतका नियन्त्रक एवं महालेखापरीक्षकको दीर्घकालीन विरासत प्रकाश पार्दै पारदर्शिता, सत्यनिष्ठा अनि सुशासनप्रि विभागको प्रतिबद्धता दोहोऱ्याइयो। नयाँ दिल्लीमा भारतका उपराष्ट्रपि सीपी राधाकृष्णनद्वारा उद्घाटन गरिएको पाँचौं लेखापरीक्षा दिवसको उल्लेख गरियो, जहाँ उनले सीएजीलाई “जनधनका संरक्षक”का रूपमा प्रशंसा गर्दै यसको बढ्दो वैश्विक भूमिका रेखाङ्कि गरेका थिए।

कृत्रिम बुद्धिमत्ताको अङ्गीकरण तथा डाटा आधारित लेखापरीक्षण विधि, हिधारकहरूको बढ्दो सहभागिता तथा व्यापक स्तरमा क्षमता निर्माण पहल चर्चा-परिचर्चाको केन्द्रविन्दु रहेको थियो। एआइ आधारि विश्लेषणात्मक औजारका रूपमा विकसि स्वदेशी सीएजी-एलएलएम प्रमुख प्रगति रहेको उल्लेख गरियो।

17 नोभेम्बर, 2025 देखि शुरु भएको लेखापरीक्षा सप्ताहको क्रममा सिक्किमको एजी कार्यालयद्वारा रक्तदान शिविर तथा बिरुवा रोपन कार्यका साथमा स्वच्छता अभियान, प्रतियोगिता अनि हितधारकहरूका लागि कार्यगोष्ठी आयोजित गरिएको थियो।

समापन समारोहमा मुख्य अतिथिका रूपमा बोल्दै पीएसीका अध्यक्ष सोनाम छिरिङ भेञ्चुङपाले केन्द्र अनि राज्य स्तरमा सरकारी वित्तहरूको लेखापरीक्षण मात्र नगरेर अन्तरराष्ट्रिय अभिकरणहरूद्वारा लेखापरीक्षणको निम्ति भारतको सीएजीले खेलिरहेको भूमिकाको सराहना गरे।

यसका साथै सिक्किमका महालेखाकारद्वारा लेखापरीक्षण प्रतिवेदन प्रकाशित गर्न खेलिएको भूमिकाको पनि उनले प्रशंसा गर्दै त्यसले जनलेखा समितिमा चर्चा-परिचर्चाको निम्ति महत्त्वपूर्ण सामग्री प्रदान गर्ने गरेको बताए। लेखापरीक्षण प्रतिवेदनहरूको चर्चालाई गति प्रदान गर्न वर्तमान समितिले गम्भीर कदम चालिरहेको पनि पीएसीका अध्यक्षले अवगत गराए।

विशेष अतिथिका रूपमा बोल्दै पीएसीका सदस्य आदित्य गोलेले लेखापरीक्षण प्रतिवेदनहरू समयमा चर्चा गर्न पीएसीले महत्त्व दिइरहेको कुरा प्रकाश पार्दै धेरै समयदेखि चर्चाका लागि थाँतीमा रहेका लेखापरीक्षण अवलोकनहरू फर्छ्योट गर्न चालिएका कदमहरूबारे अवगत गराए। पीएसीद्वारा सान्दर्भिक उत्तर अपेक्षित विभाग प्रमुख अनि अधिकारीहरू अन्य विभागमा स्थानान्तरित वा सेवानिवृत्त हुने गरेका कारण नियत परिणाम हासिल गर्न नसक्नका साथै लेखापरीक्षण प्रतिवेदनमाथि चर्चाको प्रभाव प्राप्त गर्न सम्भव हुन नसकेको पनि उनले बताए। यस कारण, थाँतीमा रहेका लेखापरीक्षण प्रतिवेदनहरू सक्दो चाँडै फर्छ्योट गर्नु पीएसीको उद्देश्य रहेको र यस दिशामा धेरै सफल बनेको पनि उनले बताए।

महालेखाकारले जनलेखा समितिको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै जन-उत्तरदायित्त्वलाई सुदृढ बनाउँदै सुशासनमा योगदान पुऱ्याउने आइएएडीको प्रतिबद्धता दोहोऱ्याए। यसका साथै, वाणिज्य एवं उद्योग विभागका अधिकारी अनि राज्यका दुई सफल एमएसएमईका साथ हितधारक कार्यगोष्ठी पनि आयोजित गरिएको थियो। भारतको सीएजीद्वारा एमएसएमईका लागि कारोबारी सहजता विषयमाथि भारतव्यापी कार्यनिष्पादन लेखापरीक्षण गरिने भएको आलोकमा विषयको महत्त्व प्रकाश पार्दै यस सत्रको शुरुवात गरिएको थियो।

वाणिज्य एवं उद्योग विभागका अधिकारीहरूद्वारा सिक्किम एन्टरप्रेन्योर्स कनेक्ट (एसईसी) पोर्टलको माध्यमद्वारा व्यापक डिजिटल सेवाको वितरण, ओएनडीसीसँग चलिरहेको सहकार्य तथा सरकारी अनुमोदनहरू सुप्रवाहित गर्न एकल झ्याल प्रणालीको विकासको प्रगति जस्ता विभागको प्रमुख पहल प्रस्तुत गरियो।

सत्रमा सहभागिता जनाउने निजी उद्यमीहरूले (सर्वश्री मेभेदिर र सर्वश्री आइडेन्टिटी बाई लता) आफ्नो अनुभव साझा गर्दै ग्रामीण आजीविकामा योगदान, महिला सशक्तिकरण, बजार विस्तार तथा वाणिज्य एवं उद्योग विभागबाट प्रशिक्षण, वित्तीय सहायता अनि उद्यम पञ्जिकरणका लागि सुगमिकरणका लागि प्राप्त सहयोगबारे जानकारी दिए।

कार्यक्रममा उद्यम पञ्जिकरण, विभागीय चुनौतीहरू, सान्दर्भिक ऐन अनि नियम तथा सिक्किम युथ स्टार्टअप योजना जस्ता राज्यको योजनाबारे पनि संवादमूलक चर्चा पनि आयोजित गरिएको थियो। कार्यक्रमको समापन वक्ता अनि प्रतिभागीहरूद्वारा साझा गरिएको अन्तरदृष्टिको सराहना गर्दै महालेखाकार (लेखापरीक्षा)-द्वारा धन्यवाद ज्ञापनका साथ भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande