
सिलगढ़ी, 04 दिसम्बर (हि.स.)। शहरका प्रमुख व्यावसायिक संगठनहरूमध्ये एक हकर्स कर्नर व्यापार समितिको चुनाउ आगामी 7 दिसम्बरमा हुनेछ। चुनाउलाई लिएर संयुक्त उम्मेदवाररहरूको टीमले बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कुरा राख्यो। यसपालि 21 जना संयुक्त उम्मेद्वारहरू चुनावी मैदानमा छन्।
संयुक्त उम्मीदवारहरूको आरोप छ, वर्तमान कमिटीले व्यापारीहरूको समस्या तथा सहयोगमाथि ध्यान दिएन र आफ्नै ढंगमा कमिटी संचालन गरिरहेको छ। पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष अमर चन्द पालले संयुक्त उम्मीदवारहरूको परिचय गराउँदै भनेस उनीहरू सय प्रतिशत जीतलाई लिएर आश्वस्त छन्। उनले भने, मार्केटका सड़कहरूलाई ग्राहकहरूको सुविधानुसार व्यवस्थित गरिनेछ ताकि ओहोर-दोहोर गर्न समस्या नहोस्। उनले यो पनि आश्वासन दिए, उनले सबै व्यापारीहरूसित बातचित गरेर मार्केटको विकास र व्यापारीहरूको हितमा काम गर्नेछन्। संयुक्त उम्मेद्वारहरूलाई विश्वास छ कि जीतपछि उनीहरूले मार्केटको स्थितिमा सकारात्मक परिवर्तन तथा सुधार ल्याउन सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा