असमका युवकको गोवा सड़क दुर्घटनामा मृत्यु
असमका युवकको गोवा सड़क दुर्घटनामा मृत्यु


गुवाहाटी, 05 दिसम्बर (हि.स.)। गोवामा सड़क किनारमा उभिएका असमका एकजना युवकलाई द्रूत गतिको वाहनले ठक्कर दिएको कारणले मृत्यु भयो। असम पुलिस प्रवक्ताले शुक्रवार बताए, यस पीड़ादायी घटनाको सम्पूर्ण दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ।

पुलिसले बतायो, मृतकको पहिचान मुकुटज्योति बोराको रूपमा भएको छ जो 6 महिनापूर्व कामको खोजीमा गोवा गएका थिए। जानकारी अनुसार युवक सड़क किनारमा उभिएका थिए, यसै अवधि अचानक एउटा द्रूत गतिको वाहनले उसलाई ठक्कर दियो जसबाट उसको घटनास्थलमै मृत्यु भयो।

स्थानीय पुलिसले मामिलाको जाँच शुरू गरेको छ। सीसीटीभी फुटेजको आधारमा वाहन र चालकलाई चिन्हित गरिँदैछ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। युवकको परिवारलाई सूचना दिने प्रक्रिया शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande