
कोलकाता, 05 दिसम्बर (हि.स.)। मुख्य निर्वाचन अधिकारी पश्चिम बंगालको कार्यालयद्वारा संचालित स्पेशल इंटेंसिव रिभीजन अर्थात एसआईआर प्रक्रियामा तैनाथ बीएलओहरूलाई कड़ा चेताउनी दिइएको छ, मतदाता डेटा अपलोड गर्नमा सुनियोजित गल्ती गरेको भेटिए सम्बन्धित बीएलओमाथि कड़ा अनुशासनात्मक कारबाही गरिनेछ। यस सम्बन्धमा जारी आधिकारिक निर्देश हिन्दुस्तान समाचार-सित उपलब्ध छ।
निर्देशमा स्पष्ट रूपमा भनिएको छ, मतदाता सूचीसित जोड़िएको हरेक डेटा पूर्ण रूपले सही तथा भरोसायोग्यको हुनुपर्छ। साथै बीएलओलाई यो पनि स्मरण गराइएको छ, एसआईआर प्रक्रिया अवधि उनीहरू निर्वाचन आयोगको प्रतिनियुक्तिमा छन्, त्यसैले नियोजित गल्ती वा लापरवाही गरिएको खण्डमा आयोगलाई कारबाही गर्ने पूर्ण अधिकार छ।
निर्देशमा भनिएको छ, मृत, अनुपस्थित, स्थानान्तरित वा डुप्लिकेट मतदाताहरूको नाम हटाउनुपर्छ। मुख्य उद्देश्य यो सुनिश्चित गर्नु हो कि कुनै पनि योग्य मतदाता नछुटोस् अनि कुनै पनि अयोग्य मतदाता सामेल नहोस्। यो सन्देश बंगलामा जारी गरिएको थियो।
सीईओ कार्यालयको सूत्र मुताविक यो चेताउनी यसकारण जारी गरिएको हो किनभने संशोधन प्रक्रिया अवधि डेटा एन्ट्रीमा केही गड़बड़ी वा अनियमितता भएको भेटिएको छ। एक जना वरिष्ठ अधिकारी अनुसार आयोगले शुरूमै कारबाही गर्नको सट्टा बीएलओलाई आफ्नो गल्ती सुधार्ने अवसर दिनको लागि यो चेताउनी पठाएको हो।
एसआईआरको तीन चरणको प्रक्रिया गत 4 नोभेम्बरदेखि शुरू भएको थियो भने पहिलो चरण आगामी 16 दिसम्बरमा ड्राफ्ट मतदाता सूचीको प्रकाशनसितै पूरा हुनेछ। त्यसपछि नोटिस चरण हुनेछ जसमा ड्राफ्ट सूचीमा आपत्ति तथा दाबीहरूको सुनवाई, जाँच एवं समाधान सामेल रहनेछ। यो प्रक्रिया आगामी 16 दिसम्बरदेखि 7 फरवरी, 2026-सम्म जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा