
नयाँ दिल्ली, 5 दिसम्बर (हि.स.)। दिल्लीको पश्चिमी जिल्लाको हरि नगरस्थित दिल्ली हाट समीप शुक्रवार बिहान तमिलनाडु पुलिसको एउटा बस र कार आपस्तमा ठोक्किएर आगो लाग्यो। यस घटनामा दुवै वाहन पूर्ण रूपले जलेर खरानीमा परिणत भयो। तथापि राहतको कुरा के छ भने यस घटनामा कुनै प्रकारको जनहानि भएको सूचना छैन।
पुलिस अधिकारी अनुसार पूर्वाह्न लगभग 11:38 बजे पुलिस कन्ट्रोल रूमलाई फोन कल प्राप्त भयो कि सड़कमा एउटा बसमा आगो लागेको छ। हरि नगर थाना पुलिस घटनास्थलमा पुग्यो जहाँ तमिलनाडु पुलिसको बस र त्यसको पछाड़ि गुड़िरहेको बलेनो कार दुर्घटनाग्रस्त अवस्थामा थियो साथै पूर्ण रूपले जलिसकेको थियो। प्राथमिक जाँचमा थाहा लागे अनुसार बलेनो कारले पछिबाट आइरहेको बसलाई ठक्कर दियो जसपश्चात दुवै वाहना आगो लाग्यो। दुर्घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन। घटनास्थलमा फोरेन्सिक टीम तथा क्राइम टीमलाई जाँचको निम्ति बोलाइएको छ। पुलिसले बतायो, अग्रिम कारबाही जाँच रिपोर्ट आएपछि गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा