
नयाँ दिल्ली, 5 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार शालीमार बाग विधानसभा क्षेत्रका विभिन्न ब्लकहरूमा नवनिर्मित नाली तथा सड़कहरूको उद्घाटन गरिन्। उनले विकास कार्य भइरहेको स्थलमा पुगेर निरीक्षण गर्दै अधिकारीहरूलाई समयबद्ध एवं गुणस्तरीय कार्य सुनिश्चित गर्ने निर्देश दिइन्।
मुख्यमन्त्रीले एक्समा पोस्ट गरी भनिन्, शालीमार बागमा अटल क्यान्टिन, आयुष्मान आरोग्य मन्दिर, नयाँ सार्वजनिक शौचालय, नयाँ पार्क, वाटर एटीएम सहित आधारभूत नागरिक सुविधाहरूसित मम्बन्धित कार्य तीव्र गतिमा अगाड़ि बढ़िरहेको छ। यो योजना गरीब, मध्यम वर्ग औ हरेक परिवारको जीवनमा सम्मान, सुविधा औ सुरक्षालाई जोड़्ने प्रभावकारी माध्यम हो। शालीमार बागलाई स्वच्छता, स्वास्थ्य सेवाहरूको सुगमता, सुचारु सड़क नेटवर्क तथा मजबुत शहरी व्यवस्थाहरूको साथमा एक आदर्श मोडल विधानसभाको रूपमा विकसित गरियोस्। यस अवसरमा सम्बन्धित विभागीय अधिकारी तथा स्थानीय मानिसहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा