कड़ोरौं रुपियाँ लिएर भाग्यो ग्राहक सेवा केन्द्रको एजेन्ट
कड़ोरौं रुपियाँ लिएर भाग्यो ग्राहक सेवा केन्द्रको एजेन्ट


मेदिनीपुर, 5 दिसम्बर (हि.स.)। पश्चिम मेदिनापुरको चाइपत क्षेत्रमा ठूलो वित्तीय घोटालाको मामिला सामू आएको छ। स्थानीय ग्राहक सेवा केन्द्रका मालिक सुमन बेड़ा लाखौं रुपियाँ हड़पेर रातो-रात भाग्यो। यस घटनापछि क्षेत्रमी तीव्र आक्रोश अनि असन्तुष्ट फैलिएको छ।

शुक्रवार बिहान सूत्रबाट प्राप्त जानकारी अनुसार सुमन बेराले विगत लामो समयदेखिकै चाइपत पञ्जाब नेशनल ब्यांक अधिनस्थ ग्राहक सेवा केन्द्र संचालन गर्दै आइरहेको थियो। स्थानीय मानिसहरूले सुविधाको लागि आफ्नो ब्यांकिंग लेन-देनको लागि यसै केन्द्रलाई प्रयोग गर्दै आएका थिए। तर हालैमा केही ग्राहकहरूले आफ्नो लोनको किस्ता जमा गराए पनि उनीहरूको अकाउण्टसम्म नपुगेको र उनीहरूलाई जाली रसिद दिइएको खुलासा भयो।

ग्राहक प्रसनजीत रायले बताए, उनले लोनको किस्ता जमा गराएका थिए, तर राशि उनीहरूको खातामा पसेन। वृद्ध ग्राहक सुप्रिया सामन्तले बताइन्, उनले आफ्नो खातामा जमा 1 लाख 30 हजार रुपियाँ अचानक हरायो। यस किसिमको घटना हुन थालेपछि अनियमितता भएको थाहा लाग्यो।

घटनापछि सुमन बेरा रातो-रात भाग्यो। चाइपत शाखाका ब्यांक प्रबन्धक सुमन भण्डारीले बताए, ग्राहकहरूको लिखित सिकायत एकत्र गरेर पुलिसमा एफआईआर दर्ता गरिनेछ। अहिलेसम्ममा 12 जना ग्राहकहरूले लिखित सिकायत गरिसकेका छन् जसमा लगभग 35-40 लाख रुपियाँ हिनामिना भएको छ। प्रारम्भिक अनुमानमा ग्राहक सेवा केन्द्रको मालिकले लगभग एक कड़ोर रुपियाँ हड़पेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande