
झाड़ग्राम, 05 दिसम्बर (हि.स.)। जंगलमहल क्षेत्रमा हात्तीहरूको आतंक लगातार बढ़्दो छ। गए बिहीवार अबेर राति पथराजुड़ी बीटमा हात्तीहरूको एउटा ठूलो बथान पस्यो जसबाट क्षेत्रमा भागाभाग मचियो। हात्तीहरूको प्रवेशसितै ग्रामीणहरूमा भय फैलियो। मानिसहरूले आ-आफ्नो ज्यान बचाउनका लागि घरदेखि बाहिर सुरक्षित स्थान खोज्न थाले।
स्थानीयहरूको भनाइ छ, पछिल्लो केही महिनादेखिको हात्तीहरूको उत्पात बढ़िरहेको छ। बिहान, साँझ वा अबेर राति पनि हात्तीहरूको बथानले गाउँमा पसेर फसलहरूलाई व्यापक क्षति पुऱ्याउँछ। धेरै पटक घर पनि भत्काइसकेको छ। मानिसहरूको ज्यान समेत गएको छ।
गए बिहीवार राति पनि हात्तीको बथान आएको देखेर ग्रामीणहरूले तुरून्त मोर्चा सम्हाले। हातमा मशाल, बलेको दाउरा तथा ठूल्ठूला टर्चहरू बोकेर मानिसहरू भेला भए। तीव्र प्रकाश तथा मशालहरू बालेर हात्तीहरूलाई बिस्तारै जंगलतिर लखेटियो। ग्रामीणहरूको सामूहिक प्रयासले हात्तीहरूको झुण्ड गाउँदेखि बाहिरियो तथापि रातभरि नै गाउँले डर अनि तनाउमा बितायो।
सूचना पाउनसाथ वन विभागको टीम घटनास्थलमा पुग्यो। क्षेत्रमा निगरानी बढ़ाइएको छ। अधिकारीहरूको भनाइ छ, हात्तीहरू निरन्तर गाउँमा आउनुको मुख्य कारण उनीहरूलाई भोजन र पानीको अभाव हुनु हो। विभागले ग्रामीणहरूलाई सतरक रहने तथा कुनै पनि आपतकालीन स्थितिमा तुरून्त सूचना दिने अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा