
पश्चिम मेदिनीपुर, 5 दिसम्बर (हि.स.)। घाटालको मनसुखा क्षेत्रस्थित पार्वती चौकमा एक जना नाबालिकालाई बलजफ्ती मोटरसाइकलमा घिसाएर अपहरण गर्ने प्रयास गरिएको सन्त्राषपूर्ण घटना प्रकाशमा आएको छ। गए बिहीवार अबेर साँझ भएको यस घटनामा तीन वटा मोटरसाइकलमा सवार चार जना युवकहरू सामेल थिए।
घटना घट्दै गर्दा नाबालिकाको चित्कार-पुकार सुनेर स्थानीय मानिसहरू क्षणभरमै भेला भए। भीड़ले घटनास्थलमा पुगेर तीन जना युवकहरूलाई समात्यो भने एक जना भाग्यो तथापि उसलाई पनि स्थानीय मानिसहरूले लखेटेर समाते।
सूचना पाउनसाथ घाटाल घानाबाट पुलिस घटनास्थलमा पुग्यो अनि चारै जना आरोपीहरूलाई हिरासतमा लिएर थानामा लगियो। पुलिसले बतायो, पक्रा पर्ने युवकहरू हुगली जिल्लाको खानाकुल थाना अन्तर्गत मदनबाटी गाउँका हन् जसको पहिचान विश्वजीत शाश्मल, चिरञ्जीत जाना, स्वरूप मायती औ प्रियतोश मायतीको रूपमा भएको छ।
प्राथमिक जाँचबुझमा युवकहरूले दाबी गरे, पीड़िताको प्रियतोश मायतीसित प्रेम सम्बन्ध छ, उसैको भनाइमा उनीहरू यहाँ आएका थिए। नाबालिकाको परिवारले बतायो, यस घटनाबाट उनीहरू स्तब्ध छन् र यसमाथि कड़ा कारबाही गर्नुपर्छ। पुलिसले नाबालिकालाई सुरक्षित परामर्श केन्द्रमा पठाएको छ। चारै आरोपी विरूद्ध अपहरण गर्ने प्रयास एवं अन्य प्रासंगिक धाराहरूमा मामिला दर्ता गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा