
नयाँ दिल्ली, 5 दिसम्बर (हि.स.)। दिल्ली पुलिसमा संचालित भ्रष्टाचार विरोधी विशेष अभियान अन्तर्गत भिजिलेन्स यूनिटले ठूलो कारबाही गर्दै थाना संगम विहारकी महिला उप-निरीक्षक नमितालाई 15 हजार रुपियाँ घूस लिँदै गर्दा पक्राउ ग रेको छ। यो कारबाही दिल्ली पुलिस आयुक्त सतीश गोल्छाद्वारा शुरू गरिएको जीरो टलरेन्स फर करप्शन नीतिको एक भाग हो।
भिजिलेन्सका विशेष पुलिस आयुक्त अजय चौधरीले बताए, गए 4 दिसम्बरको दिन संगम विहार क्षेत्रकी एकजना महिलाले भिजिलेन्स यूनिटसित सम्पर्क गरेर सिकायत गरेकी थिइन्, एसआई नमिता जो उसले दर्ता गरेको मामिलाकी जाँच अधिकारी थिइन्,-ले केसलाई कमज़ोर बनाइदिने धम्की दिएर 2 लाख रुपियाँ घूसको माग गरिन्। भिजिलेन्स टीमले सिकायतलाई संज्ञानमा लिँदै 4 दिसम्बरको साँझ ट्र्याप अपरेशन गर्ने योजना बनायो।
निर्धारित समयमा सिकायतकर्ता एसआई नमिताको कार्यालयमा पुगिन् अनि उसलाई 15 हजार रुपियाँको पहिलो किस्ताको रूपमा लिने माग गरिन्। महिलालाई एसआईले आफ्नो टेबलमा राखिएको एउटा फाइला पैसा राख्न भनियो। यसै अवधि भिजिलेन्स टीमले तुरून्तै कार्यालयमा प्रवेश गरेर एसआईलाई पक्राउ गऱ्यो। फाइलमा राखिएको 15 हजार रुपियाँको राशिलाई घटनास्थलबाट जफत गरियो। भिजिलेन्स यूनिटको कारबाहीपछि थाना भिजिलेन्स बाराखंबा रोडमा मुद्दा दर्ता गररे आरोपी एसआई नमितालाई पक्राउ गरी अदालतमा पेश गरियो जहाँबाट उनलाई न्यायिक हिरातमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा