चाँपदानीको बनबिथी पार्कमा बनियो ‘मिनी वृन्दावन’, कृष्ण भक्तहरूको लागि विशेष आकर्षण
चाँपदानीको बनबिथी पार्कमा बनियो ‘मिनी वृन्दावन’, कृष्ण भक्तहरूको लागि विशेष आकर्षण


हुगली, 05 दिसम्बर (हि. स.)। चाँपदानीको बनबिथी पार्कमा कृष्ण भक्तहरूको लागि एक विशेष पहलको रूपमा ‘मिनी वृन्दावन’ तयार गरिएको छ। शुक्रवारदेखि यसको शुभारम्भ भएको छ। यो थीम पार्कले भगवान श्रीकृष्णको जीवनसित सम्बन्धित महत्वपूर्ण प्रसंग तथा लीलाहरूलाई अत्यन्त सुन्दर ढंगमा दर्शाउँछ।

पार्कमा माखन-चोरी, बाल लीला, गोकुलको झलक, राधा-कृष्णको रासलीला सहित केही मनमोहक झाँकीहरू बनाइएको छ जसले आगन्तुकहरूलाई आध्यात्मिक अनुभव प्रदान गर्नेछ। साँझ सम्पूर्ण परिसरमा मधुर कृष्णधुन गुञ्जिनेछ जसबाट वातारण भक्तिभय हुनेछ।

यस पहलको उद्देश्य मानिसहरूलाई विशेष गरी युवाहरूलाई भगवान श्रीकृष्णको लीला अनि सन्देशहरूको अधिक नजिकमा पुऱ्याउनु हो। पार्कका मुख्य संचालक तथा चाँपदानी नगरपालिकाको चेयरम्यान सुरेश मिश्राले बताए, ‘मिनी वृन्दावन’-ले धार्मिक आस्थालाई मात्र मजबुत नबनाएर स्थानीय मानिसहरूको लागि पनि एउटा नयाँ आकर्षणको केन्द्र बन्नेछ। 'मिनी वृन्दावन' बिहान साढ़े नौ बजेदेखि साँझ सात बजेसम्म दर्शकहरूको लागि खोलिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande