ज्यूडिशियल सर्भिस प्रीलिमिनरी परीक्षाको लागि आइतवार एक घण्टापूर्व उपलब्ध हुनेछ मेट्रो सेवा
ज्यूडिशियल सर्भिस प्रीलिमिनरी परीक्षाको लागि आइतवार एक घण्टापूर्व उपलब्ध हुनेछ मेट्रो सेवा


कोलकाता, 05 दिसम्बर (हि.स.)। वेस्ट बंगाल ज्यूडिशियल सर्भिस प्रीलिमिनरी परीक्षालाई ध्यानमा राखेर आइतवार मेट्रोको समय सारिणीमा फेरबदल गरिएको छ।

आम रूपमा अन्य दिनको तुलनामा आइतवार मेट्रो सेवा केही ढिलो गरी शुरू हुन्छ। तर यस आइतवार दक्षिणेश्वरदेखि शहीद खुदीराम रूटमा मेट्रो सर्भिस बिहान 7 बजेको सट्टा 6 बजे शुरू हुनेछ। शहीद खुदीरामदेखि दक्षिणेश्वरसम्म ब्लू लाइनमा मेट्रो परिसेवा पाइनेछ। आइतवार त्यस रूटमा ़136 मेट्रो चलनेछ अर्थात डाउन र अप लाइन गरी 68-68 मेट्रो चल्नेछ।

यता दक्षिणेश्वरदेखि शहीद खुदीराम रूटमा मेट्रो सर्भिस बिहान 9:04 बजे शुरू हुनेछ। तथापि यस रूटमा अन्तिम मेट्रोको समय सारिणीमा कुनै फेरबदल गरिएको छैन। शहीद खुदीरामदेखि दक्षिणेश्वरको लागि अन्तिम मेट्रो राती 9:30 बजे प्रस्थान हुनेछ। शहीद खुदीराम जाने मेट्रो दक्षिणेश्वरदेखि राती 9:33 बजे प्रस्थान हुनेछ भने शहीद खुदीरामदेखि दमदमसम्मको अन्तिम मेट्रो राती 9:43 बजे प्रस्थान गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande