
हुगली, 05 दिसम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार महान योगी, दार्शनिक औ स्वतन्त्रता सेनानी अरविन्द घोषको पुण्यतिथिमा उनलाई नमन गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफ़र्म एक्समा सन्देश साझा गर्दै भनिन्, अरविन्द भारतको स्वतन्त्रता संग्राम तथा आध्यात्मिक इतिहासका एक अविस्मरणीय तथा प्रेरणादायी व्यक्तित्व थिए।
उनले लेखिन्, अरविन्दको जीवन, उनको विचार एवं उनको अमूल्य शिक्षा आज पनि सबैको लागि मार्गदर्शक हो जसले सदैव प्रेरणा दिनरहनेछ। ममता ब्यनर्जीले उनको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा