
जम्मू, 05 दिसम्बर (हि.स.)। उत्तरी सेना कमाण्डर लेफ्टिनेन्ट जनरल प्रतीक शर्माले अपरेशनल तयारीको समीक्षा गर्न तथा क्षेत्रको वर्तमान सुरक्षा स्थितिको जायजा लिनका लागि जम्मू तथा कश्मीरको पुँछ क्षेत्रको भ्रमण गरे।
सेना कमाण्डरले कठिन परिस्थितिमा काम गरिरहेका सैनिकहरूको दृढ़ समर्पण तथा उत्कृष्ट तयारीको प्रशंसा गरे। उत्तरी कमाण्डले एक्समा पोस्ट गरे, लेफ्टिनेन्ट जनरल प्रतीक शर्मा, सेना कमाण्डर उत्तरी कमाण्डले गए बिहीवार सेक्टरमा तैनाथ यूनिट्सको अपरेशनल तयारीहरूको मूल्यांकन गर्नको लागि हरिबुधा पुँछको दौड़ाह गरे।
उनलाई वर्तमान सुरक्षा स्थिति अनि भइरहेको काउन्टर टेररिज्म प्रयासको बारेमा सम्पूर्ण जानकारी दिइयो जसमा श्रेष्ठ सर्भिलान्स ऱ्यापिड रेस्पन्स म्याकेनिज्म तथा टेक्नोलजी एवं इनोभेटिभ ट्याक्टिक्सलाई इन्टीग्रेट गर्ने मजबुत ड्रिल्समाथि फोकस थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा