बालक नयन विश्वकर्मको फोक्सो प्रत्यारोपणको लागि मुख्यमन्त्री तामाङ अघि आए
PS Tamang-nayan bk


गान्तोक, 5 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ब्रोकियोलाइटिस ओब्लिटेरन्स रोगले ग्रस्त बालक नयन विश्वकर्मको उपचारमा सहयोग गर्दै आएका थिए भने अब नानीको फोक्सो प्रत्यारोपणको लागि पनि अघि आएका छन्।

सिक्किमको गेजिङ-बर्मेक समष्टि निवासी मोहन विश्वकर्म र लिला विश्वकर्मका छोरा नयन विश्वकर्म अहिले उपचाराधीन अवस्थामा दिल्लीमा छन्। नानीको उपचारमा मुख्यमन्त्री तामाङले सहयोग गर्दै आइरहेका थिए। हिजो दिल्ली भ्रमणको क्रममा मुख्यमन्त्रीले नानी र अभिभावकसित भेट गरेर कुराकानी गरे।

नानीको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएकाले सिक्किम सरकार एवं मुख्यमन्त्रीकै पहलमा अब नानीको उपचार चेन्नईमा गरिने भएको छ। नानीको उपचारको सम्पूर्ण जिम्मा मुख्यमन्त्रीले लिएका छन्।

नानीका अभिभावकले मुख्यमन्त्रीलाई भगवान को संज्ञा कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्रीले भने, 'म भगवान होइन, मान्छे हूँ, तर तपाइँहरूको सेवा गर्नु भनेर भगवानले पठाएको हुनसक्छ। नसुर्ताउनुहोस् म छु।'

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande