रूसका राष्ट्रपति ब्लादिमीर पुतिनको भारत दौड़ाहलाई केन्द्र गर्दै पुँछमा पनि सुरक्षा बल पूर्ण रूपमा सक्रिय
रूसका राष्ट्रपति ब्लादिमीर पुतिनको भारत दौड़ाहलाई केन्द्र गर्दै पुँछमा पनि सुरक्षा बल पूर्ण रूपमा सक्रिय


जम्मू,5 दिसम्बर (हि.स.)। रूसका राष्ट्रपति व्लादिमीर पुतिनको भारत दौड़ाहलाई मध्यनजर गर्दै एकातिर दिल्ली सहित अन्य महत्वपूर्ण राज्यहरूमा सुरक्षा एजेन्सीहरूले पूर्ण सतर्कता अप्नाइरहेका छन् भने अर्कोतिरि पुँछमा पनि सुरक्षा बल पूर्ण रूपमा सक्रिय भएको छ। सुरक्षाको अभूतपूर्व प्रबन्ध गरिएको छ। भारत-पाक नियन्त्रण रेखामा विशेष नजर राखिँदैछ। यसै क्रममा गए बिहीवार सुरक्षा बलहरूले अतिरिक्त पुलिस अधीक्षक पुँछको अध्यक्षतामा खोजी अभियान संचालन गरी कुना-काप्चा सबैतिर जाँच गऱे।

पुँछ जिल्लामा सुरक्षाबलहरूद्वारा सुरक्षाको ठोस प्रबन्ध गरिएको छ। कतिपय स्थानहरूमा संदिग्ध गतिविधिलाई देखेर खोजी अभियान चलाइँदैछ।संदिग्ध स्थानहरू सहित नियन्त्रण रेखाको नजिक जंगलहरूमा खोजी अभियान चलाएर कुना-काप्चामा खोजिँदैछ। बिहीवार पनि सुरक्षाबलहरूले जिल्लाका अलग-अलग स्थानहरूमा एकसाथ खोजी अभियान संचालन गरे भने जिल्लाको प्रवेशद्वार सहित महत्वपूर्ण स्थानहरूमा विशेष नाका राखेर वाहनहरूको जाँच पनि गरियो।

भारत आउँदा प्रायजसो आतंकवादीहरूले कुनै न कुनै आतंकवादी घटनालाई परिणाम दिएर आफ्नो उपस्थिति दर्ता गराउन चाहन्छ जसलाई भारतीय सुरक्षा बलहरूद्वारा विफल गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande