सिलगढ़ीमा चोरीको वस्तु भेटियो, एक पक्राउ
सिलगढ़ीमा चोरीको वस्तु भेटियो, एक पक्राउ


सिलगढ़ी, 05 दिसम्बर (हि. स.)। सिलगढ़ीको पूर्व विवेकानन्द पल्लीक्षेत्रमा चोरी भएको वस्तुसितै एकजना युवकलाई आशिघर फाँड़ी पुलिसले पक्राउ गरेको छ। आरोपीको नाम सञ्जु दास हो जो फकदईबाड़ी क्षेत्र निवासी रहेको बताइएको छ।

पुलिस अनुसार गत 01 दिसम्बरको अपरान्ह घरमा कोही नभएको फाइदा उठाएर पूर्व विवेकानन्द पल्लीमा चोरहरूले चोरीको घटनालाई परिणाम दिए। सिकायतकर्ता बिमल भौवालले आशिघर फाँड़ीमा लिखित सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो।पुलिसले क्षेत्रको सीसीटीभी फुटेजको जाँच गरेर घटना घटेको दोस्रो दिन आरोपीलाई पक्राउ गऱ्यो। जाँचबुझ गर्दा सञ्जुले बतायो, चोरी गरिएको गहना उसले आफ्नो घरमा लुकाएर राखेको छ। पुलिसले उसलाई लिएर उसको घरमा जाँदा सबै गहनाहरूलाई माटोको चुलाभित्र गाड़ेर राखेको थियो। पुलिसले त्यहीँबाट सबै गहनाहरूलाई जफत गऱ्यो। अब पुलिस घटनाको अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande