
पश्चिम मेदिनीपुर, 05 दिसम्बर (हि.स.)। जिल्लाको दाँतन र नारायणगढ़ क्षेत्रमा पराल जलाएका घटनाहरूले ठूलो समस्याको रूप लिएको छ। धान कटाईको मौसममा मशिनको माध्यमबाट भइरहेको धान कटाईले खेतहरूमा प्रचुर मात्रामा पराला थुप्रिरहेको छ।
स्थानीय प्रशासनले कड़ाई पूर्वक रोक तथा चेताउनी दिरहेको भए पनि किसानहरूले पराललाई जलाइरहेका छन् फलस्वरूप वरपरका खेतहरूमा उब्जिरहेको फसल पनि जलिरहेको छ। पछिल्लो एक साताभित्रमा जिल्लाका धेरैवटा ठाउँमा व्यापक रूपमा फसल जलेको घटना प्रकाशमा आएको छ। शुक्रवार पनि यस्तै घटना भएको देखियो।
गत बुधवार दाँतन–II ब्लकको बागगेड़िया क्षेत्रमा पराल जलाएकै कारणले कैयौं विघा धानको फसल क्षणभरमै स्वाहा भयो। शुक्रवार बिहान खाकुडदा क्षेत्रमा किसानहरूले खेतमा आगो ह्वार-ह्वार बलिरहेको देखेर पुलिसलाई सूचना दिए। सूचना पाएर बेलदा थाना एवं जोरागेड़िया फाड़ीको पुलिस घटनास्थलमा पुग्यो। पुलिस सहित स्थानीय किसान पनि जुटे अनि आगोलाई नियन्त्रण गर्न सफल भए।
किसानहरूको भनाइ छ, सानो लापरवाहीले कैयौं महिनाको मिहेनत बर्बाद भयो। आगो कसले लगाएको हो पुलिसले यसको जाँच गरिरहेको छ। प्रशासनिक प्रतिबन्धहरूलाई अदेखा गर्दै यस प्रकारको घटना लगातार घटिरहेकाले स्थानीय किसान अनि ग्रामीण समाजमा चिन्ता बढ़िरहेको छ।
पर्यावरण विशेषज्ञहरूको मान्यता छ, पराली जलाउनाले माटोको उप्जाउ क्षमता कम हुन्छ तथा वायु प्रदूषण बढ़्छ। तर जागरूकताको अभावमा यो प्रथा ग्रामीण क्षेत्रमा अहिले पनि जारी छ।
ग्रामीणहरूको माग छ, प्रशासनले कड़ा कदमसँगसँगै वैकल्पिक समाधान जस्तै परालको प्रबन्धन तथा मशिनरी उपलब्धतामाथि ध्यान देओस् ताकि किसानहरूलाई खेत जलाउने आवश्यकता नपरोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा