
झुञ्झुनू, 5 दिसम्बर (हि.स.)। झुञ्झुनूको विशेष न्यायाधीश (पोक्सो एक्ट)-ले शुक्रवार एकजना नाबालिक छात्रासित अश्लील कृ्त्य गरेको मामिलामा स्कूलका शिक्षकलाई दोषी ठहर गर्दै तीन वर्षको कठोर कारावास अनि 20 हजार रुपियाँको अर्थदण्डको सजाय सुनाएको छ।
मामिला अनुसार 28 मार्च, 2024-मा पीड़िता (घटना हुँदा 16 वर्ष 11 महीना) आफ्नी आमासित पुलिस थाना बगड़मा उपस्थित भएकी थिई। पीड़िताले लिखित रिपोर्टमा बताई, 28 मार्च, 2024-मा जीवन विज्ञानको परीक्षा दिएपछि उसले स्कूलदेखि घर जाने तयारी गरिरहेकी थिई, यसै अवधि जीव विज्ञान विषयका शिक्षक आरोपी स्कूलदेखि बाहिर आएर उसलाई यसो भन्दै वाहनमा बस्न लगायो कि उ पनि घरतिरै गइरहेको छ र उसलाई घरमा छोड़िदिनेछ। पीड़िता पछिल्लो सीटमा बस्नलाग्दा आरोपीले उसलाई अघिल्लो सीटमा बस्न भन्यो। वाहन केही टाड़ा पुगेपछि आरोपी शिक्षकले पीड़ितासित अश्लील कृत्य गर्न शुरू गऱ्यो अनि उसको प्राइभेट पार्टहरूलाई छुन थाल्यो।
पीड़िताले अस्वीकार गर्दा पनि उसले मानेन। पीड़िताको घर अगाड़ि पुगेर वाहनबाट उत्रिन लाग्दा उसले पीड़िताको हात समातेर उसलाई रोक्यो अनि बलजफ्ती गर्ने प्रयास गऱ्यो। पीड़ितामा घरमा पुगेर घटनाको सम्पूर्ण वृतान्त बताई। त्यसपछि पुलिसलाई सूचना दिइयो। पुलिसद्वारा अनुसन्धान गरिएपछि आरोपीविरूद्ध आरोप पत्र न्यायालयमा पेश गरियो। न्यायालयले पत्रावलीा आएको गवाह अनि डक्युमेन्ट्सको साक्ष्यको आधारमा अभियुक्तलाई दोषी पायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा