
बाँकुड़ा, 5 दिसम्बर (हि.स.)। राज्यका विभिन्न सरकारी कार्यक्रमहरूमा कथित रूपमा दलगत भावनाले कलाकारहरूको नाम दर्ता गरिएको कारणले स्थानीय लोक कलाकारहरूमा असन्तोष बढ़िरहेको छ। गए बिहीवार विष्णुपुरस्थित महकुमा तथ्य संस्कृतिको कार्यालमा अबेर साँझसम्म लामो लस्कर लागिरहेको थियो।
लोक प्रसार प्रकल्पका शिल्पकारहरूको आरोप छ, व्यक्तिगत रूपमा आवेदन गरेको भए पनि उनीहरूको नामलाई सूचीमा सामेल गरिरहेको छन जबकि केही नयाँ तथा कम अनुभवी कलाकारहरूलाई समूहको दबावमा प्राथमिकता दिरहेको छ। यस प्रकल्प अन्तर्गत राज्य सरकारद्वारा प्रत्येक महिना एक हजार रुपियाँ भत्तास्वरूप शिल्पकारहरूलाई दिइन्छ। यसको लागि शिल्पकारहरूले प्रत्येक वर्ष नै लाइफ सर्टिभिकेट जमा गर्नुपर्छ।
लोक शिल्पकारहरूको भनाइ छ, उनीहरूले आफ्नो कला साधनाको बलमा वर्षेनी सरकारी आयोजनहरूमा प्रदर्शन गर्दै आइरहेको भए पनि कुनै पार्टी वा समूहमा सामेल नभए आफ्नो नाम दर्ता गराउन गाह्रो भइरहेको छ। केही कलाकारहरूको आरोप छ, सूचीमा नाम जोड़्नका लागि उनीहरूमाथि दलगत समूहद्वारा दबाव दिइँदैछ।
बिष्णुपुर, जयपुर, कोतुलपुर, इंदस, पातरसायर, सोनामुखी सहित विभिन्न क्षेत्रका कलाकारहरूले बताए, पहिला उनीहरूले सोझै प्रशासनमा आवेदन गरेर सरकारी कार्यक्रमहरूमा भाग लिन्थे, तर अहिले एउटा विशेष समूह बिना उनीहरूको नामै आइरहेको छैन। केही कलाकारहरूको भनाइ छ, उनीहरूलाई आफ्नो नाम दर्ता गराउनका लागि घण्टौंसम्म पंक्तिबद्ध भएर बस्नुपर्छ तथापि सूचीमा ठाउँ पाइँदैन।
स्थानीय कलाकारहरूले माग गरेका छन्, सरकार अनि सूचना-संस्कृति विभागले पारदर्शी व्यवस्था लागू गरोस् ताकि अनुभवी र वास्तविक लोक शिल्पीहरूलाई उचित अवसर प्राप्त होस्। कलाकारहरूले चेताउनी दिएका छन्, यदि स्थितिा सुधार आएन भने आन्दोलनमा उत्रि बाध्य हुनेछन्।
---------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा