
नाम्ची, 5 दिसम्बर (हि.स.)। राज्य शहरी विकास विभाग मन्त्री भोजराज राईले आज तिङरिथाङ ग्राम पञ्चायत एकाईमा नवनिर्मित जीपीके भवनको उद्घाटन गरे। भवनको निर्माण राष्ट्रिय ग्राम स्वराज योजना अन्तर्गत 20 लाख रूपियॉंको लागतमा गरिएको हो। यसैगरी, ग्राम पञ्चायत कोषबाट अतिरिक्त कोठा निर्माण गरिएको बताइएको छ।
उद्घाटन समारोहमा पञ्चायति राज संस्थानका सचिव दुष्यन्त परियार, पोकलोक कामराङ र नाम्ची सिङ्गीथाङका जिल्ला पञ्चायतहरू र ग्राम पञ्चायतहरू लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल