छाङ्गुमा घरबाट सूनका गहनाहरू चोरी, मामिला दर्ता
छाङ्गुमा घरबाट सूनका गहनाहरू चोरी, मामिला दर्ता


गान्तोक, 5 दिसम्बर (हि.स.)। शेरेथाङ पुलिस थाना क्षेत्र अन्तर्गत छाङ्गुमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। पीडित व्यक्तिको घरबाट अज्ञात व्यक्ति (हरू) ले सूनका गहना र नगद चोरी गरेको छ।

पुलिस रिपोर्ट अनुसार, अज्ञात आरोपी (हरू) ले घरमा कोही नभएको फाइदा उठाएर चोरी गरेको पीडित व्यक्तिले शिकायत गरेका छन्। शिकायतकर्ताले लगभग 1.5 तोलाको सूनका गहनाहरू र केही रकम चोरी भएको बताएका छन्। पुलिसले अज्ञात आरोपी विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande