काला जठेड़ीको संगठित अपराध सिण्डिकेटमाथि ठूलो कारबाही
काला जठेड़ीको संगठित अपराध सिण्डिकेटमाथि ठूलो कारबाही


नयाँ दिल्ली, 5 दिसम्बर (हि.स.)। दिल्ली एनसीआरमा फैलिएको संगठित अपराधमाथि लगाम लगाउनको लागि संचालित अभियान अन्तर्गत दिल्ली पुलिसको क्राइम ब्राञ्चले कुख्यात अपराधी सन्दीप उपनाम काला जठेड़ीको आपराधिक नेटवर्कमाथि ठूलो हमला गरेको छ। पुलिसले ग्यांगका केही मुख्य सदस्यहरूए शुटर तथा आर्थिक च्यानलहरूलाई चिन्हित गरी पक्राउ गरेको छ। यो कारबाही मकोका अन्तर्गत गरिएको हो जसबाट सम्पूर्ण सिण्डिकेटको वित्तीय तथा लजिस्टिक ढाँचालाई ध्वस्त बनाउने दिशामा पुलिसलाई ठूलो सफलता प्राप्त भएको छ।

पुलिसका एकजना वरिष्ठ अधिकारीले शुक्रवार बताए , पछिल्लो 9 नोभेम्बर, 2024-मा अमन विहार क्षेत्रमा एकजना व्यक्तिले सिकायत गरेका थिए, उसलाई काला जठेड़ी ग्यांगका सदस्य जनीले इन्टरनेट कल गरी रुपियाँको माग गर्दै धम्की दियो। प्रारम्भिक जाँच पश्चात मामिला दर्ता गरियो। तर अग्रिम जाँचमा यो खुलासा भयो, यो एक संगठित, सुनियोजित कारबाही थियो जसको पछाड़ि कुख्यात काला जठेड़ी ग्यांगले काम गरिरहेको थियो। त्यसपछि मामिलामा मकोकाको धारा 3लाई जोड़ियो। स्थानीय पुलिसले पहिला दुईजना आरोपीहरू क्रमैले जुगेश उपनाम योगी र रोहित लाथरलाई पक्राउ गऱ्यो।

पुलिस अधिकारी अनुसार क्राइम ब्राञ्चको टीमले सन्दीप उपनाम काला जठेड़ी ग्यांगको लिडर (पक्राउ), अनिल रोहिल्ला उपनाम चिप्पी – ग्यांगको दोस्रो कमाण्डर (पक्राउ), अभिषेक दहिया उपनाम मोहित उपनाम राजेश – भर्ती गर्ने मुख्य सदस्य (पक्राउ), जुगेश उपनाम योगी – शूटर (पक्राउ), रोहित लाथर – ग्यांगको फेसीलिटेटर, हतियार र ठेगाना उपलब्ध कराउनेलाई पक्राआउ गरेको छ भने अमन लाथर जो ग्यांगको महत्वपूर्ण सदस्य हो, अहिले पनि भागेको छ। अमन विदेशमा लुकेर बसेको आशंका छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande