
नयाँ दिल्ली, 5 दिसम्बर (हि.स.)। जयपुरिया इन्स्टीट्यूट अफ म्यानेजमेन्ट नोएडाले आफ्नो परिसरमा आज एक विशेष मीडिया राउण्डटेबल आयोजना गऱ्यो। यसमा मीडिया प्रतिनिधिहरूले डिजीटल युगमा प्रबन्धन शिक्षाको भविष्यमा विस्तृत तथा सारगर्भित चर्चा गरे।
कार्यक्रमको विषय भविष्यको लागि तयार प्रबन्धन शिक्षा: कसरी जयपुरिया नोएडा डिजिटल-फर्स्ट एआई दुनियाँको लागि दक्ष पेशावर तयार गरिरहेको छ थियो। यस अवधि संस्थानले भारतको पहिलो एआई-नेटिभ बिजनेस स्कूलको रूपमा आफ्नो अग्रणी भूमिका तथा द्रूत गतिमा विकसित भइरहेको व्यवसायिक परिदृश्य अनुरूप विद्यार्थीहरूलाई तयार गर्ने आफ्नो उद्देश्यपूर्ण प्रयासहरूलाई रेखांकित गऱ्यो। सो जानकारी एक विज्ञप्ति मार्फत दिइएको छ।
जयपुरिया इन्स्टीट्यूट अफ म्यानेजमेन्ट नोएडाका निदेशक डा. सुभाज्योति रेले भने, जयपुरिया नोएडामा यस्ता प्रतिभागीहरू तयार गर्नको लागि प्रतिबद्ध छ जो डिजीटल-फर्स्ट अर्थव्यवस्थामा सफल प्राप्त गर्न सकोस्। हाम्रो एआई-समर्थित लर्निंग मोडल, अनुभवनात्मक शिक्ष तथा वैश्विक एक्स्पोजरसित मिलेर विद्यार्थीहरूलाई जटिल व्यवसायिक चुनौतीहरूको समाधान गर्नको लागि आवश्यक कौशल अनि दृष्टिकोण प्रदान गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा