
नयाँ दिल्ली, 05 दिसम्बर (हि.स.)। गत तीन दिनदेखि जारी इण्डिगो एयरलाइनलको परिचालनको संकट अहिले जारी रहने अनुमान छ। यसबाट हजारौं यात्रीहरूलाई समस्याको सामना गर्न पर्नसक्छ। एयरलाइनले क्रूको समस्याको अन्दाजा लगाउन नसकेको र योजना बनाउने स्तरमा उदेखि गलती भएको बताएको छ।
देशको सबैभन्दा ठूलो एय़रलाइन इण्डिगोले गत तीन दिनदेखि क्रूको कमीको कारण समस्याहरूको सामना गरिरहेको छ। यसबाट इण्डिगोको अपरेशन निक्कै प्रभावित भएको छ र हजारौंको संख्यामा यात्रीहरूलाई समस्याको सामना गर्नुपरिरहेको छ।
स्थितिको अन्दाजा यहीबाट लगाउन सकिन्छ कि एक दिन अघि बिहिवार दिल्ली-मुम्बई समेत 10 भन्दा धेरै एयरपोर्टमा 550 भन्दा धेरै उड़ानहरू रद्द भयो।
दिल्ली र मुम्बई बाहेक बेङ्गलुरू, हैदराबाद, कोलकाता, चेन्नई, गोवा, जयपुर र इन्दौर एयरपोर्टबाट इण्डिगोको उड़ानहरू रद्द भयो। यसबाट प्रभावित यात्रीहरूले धेरै ठाउँ जम्मेर हंगामा गरे।
हिन्दुस्थान समाचार / भवानी थामी