
जलपाइगढी, 05 दिसम्बर (हि. स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत आमबाड़ी महामाया कलोनीमा निम्न स्तरको राशन सामग्री वितर गरेको सन्दर्भमा स्थानीय मानिसहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उपभोक्ताहरूको आरोप छ, द्वारे राशन अन्तर्गत पाइने चामल कीरासरिको हुन्छ, आटा खाने योग्यको हुँदैन।
प्राप्त जानकारी अनुसार अन्य दिन सरह शुक्रवार पनि बिन्नागुड़ी ग्राम पञ्चायतको 9 नम्बर कलोनीका राशन डिलर उत्तम कुमार विश्वास आमबाड़ी महामाया कलोनीमा राशन वितरण गर्नका लागि पुगे। तर उपभोक्ताहरूले सिकायत गरे, उनीहरूला दिइने चामलमा कीरा हिँड़िरहेको थियो साथै आटाबाट तीव्र दुर्गन्ध आइरहेको कारणले खाने योग्यको थिएन।
स्थानीय मानिसहरूले बताए, यो समस्या नयाँ होइन, पछिल्लो लामो समयदेखिकै यस्तै चामल र आटा दिँदै आइरहेको छ। खराब चामल र आटा खानाले धेरैजना मानिसहरूको पेट बिग्रिरहेको छ। उपभोक्ताहरूको भनाइ छ, उनीहरूले धेरैपटक डीलरलाई सिकायत गरिसकेको भए पनि स्थितिमा सुधार आएको छैन।
यस आरोपमाथि प्रतिक्रिया व्यक्त गर्दै राशन डिलर उत्तम कुमार विश्वासले स्वीकार गरे, चामल र आटा निम्नस्तरको छ। उनले भने, हामीलाई जुन चामल-आटा दिइन्छ, त्यसैलाई वितरण गर्दछौं। उपभोक्ताहरूको सिकायतलाई हामी उच्चाधिकारीहरू समक्ष पुऱ्याउनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा