सड़क दुर्घटनामा दुई युवकको मृत्यु
सड़क दुर्घटनामा दुई युवकको मृत्यु


जलपाइगढी, 5 दिसम्बर (हि.स)। सिलगढ़ी–जलपाइढी राष्ट्रिय राजमार्गमा भएको दुई अलग-अलग सड़क दुर्घटनाहरूमा दुईजना युवकहरूको मृत्यु भएको छ। पहिलो दुर्घटना फुलबाड़ी बटालियन मोड़मा भएको हो भने दोस्रो पूर्व धनतला क्षेत्रमा भएको हो। मृतकहरूको पहिचान सिलगढ़ीको उत्तर भारतनगर निवासी सायन मित्रा (25) र अलिपुरद्वार जिल्लाको दक्षिण कामाख्यागुड़ी निवासी मनोज बर्मन (24)- को रूपमा गरिएको छ।

सूत्र मुताविक गए बिहिवार अबेर राति फुलबाड़ी बटालियन मोड़मा भएको पहिलो दुर्घटनामा द्रूत गतिको बाइक अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो जसमा सायन मित्राको मृत्यु भयो। यो दुर्घटना भएको लगभग आधा घण्टापछि फुलबाड़ी टिस्टा क्यानल रोड नजिक पूर्व धनतला क्षेत्रमा अर्को दुर्घटना भयो। यहाँ पनि बाइक दुर्घटनामा मनोज बर्मनको घटनास्थलमै मृत्यु भयो। सूचना पाउनसाथ न्यू जलपाईगुड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई कब्जामा लिएर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande