
गान्तोक, 5 दिसम्बर (हि.स.)। ट्याक्सी वाहनमा एउटी युवतीमाथि हातपात गरेको आरोपमा सिङताम पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम पंकज कुमार यादव बताइएको छ। 43 वर्षीय आरोपी मूल रूपमा बिहारको बेगुसराय निवासी हुन् भने हाल मण्डी बजार, रम्फूमा बस्दै आएका छन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, 19 वर्षीया पीडित युवती गान्तोकमा कम्प्युटर क्लासपछि ट्याक्सी वाहनमा सिङताम फर्किरहेकी थिइन्। वाहनमा उनको छेउमा बसेका एक सहयात्रीले उनलाई अनुपयुक्त रूपमा हात लगाए। यसपछि, युवतीले ट्याक्सी चालकको फोनबाट आफ्नो परिवारका सदस्यहरूलाई घटनाको बारेमा जानकारी गराइन्।
युवतीकी परिवारका सदस्यहरूले सिङताम ट्राफिक पोइन्टमा आरोपी व्यक्तिलाई वाहनबाट उतारेर सिङताम पुलिस थाना लिएर गए र उनीविरुद्ध मामिला दर्ता गराए। आरोपी व्यक्ति रानीपुल छेउ स्थानीय एउटा फार्मा कम्पनीमा काम गर्छन्। पुलिसले उनीविरुद्ध बीएनएस 2023 को धारा 75(2) अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल