
गुवाहाटी, 05 दिसम्बर (हि.स.)। गुवाहाटीको बिरूबाड़ी पुलिस आउटपोस्ट टीमले चोरीको मामिलामा सामेल एक चोरलाई पक्राउ गरेको छ।
पुलिसले जानकारी गराएको छ, पल्टन बजार पुलिस थाना अन्तर्गत बिरूबाड़ी पुलिस आउटपोस्टको टीमले चोरीको एक मामिलामा बिरूबाड़ीको प्रोफेसर कोलोनी निवासी बाबू सरकार (28) लाई पक्राउ गऱ्यो।
पक्रा परेको आरोपीदेखि पुलिसले चोरीको तीन वायर कटर, दुई स्क्रूड्राइवर, एक मारतोल, एल्यूमीनियम र तांबाको तार र एक प्लास्टिक ब्याग जफत गऱ्यो। घटनाको सम्बन्धमा दर्ता प्राथमिकीको आधारमा कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी