
गुवाहाटी, 05 दिसम्बर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले ठगीको आरोपमा दुई नक्कली बाबालाई पक्राउ गरेको छ। पुलिसले शुक्रवार जानकारी गराएको छ, वशिष्ठ पुलिस स्टेशनको एक टीमले एक नक्कली बाबाको ठगीको पर्दाफास तब गऱ्यो जब डिचाङ अपार्टमेन्ट निवासीबाट गहना चोरियो।
आरोपीलाई गोलाघाटको सरूपथारबाट खोजेर पक्राउ गरियो। जहाँ उसले आफ्नो अपराध स्वीकार गऱ्यो र होजाईको नागेन्द्र नगरमा चोरीको समान लिने व्यक्तिको नाम बतायो। अगाड़ीको कारबाहीमा उलाई पक्राउ गरियो र चोरीको समान जफत गरियो।
यस मामिलामा दुई जनालाई पक्राउ गरियो। पक्रा पर्नेहरूको पहिचान शाहिदुल अली (41, होजाई) र जीतेन्द्र ऐच (38, होजाई) को रुपमा गरिएको छ।
पक्रा पर्ने आरोपीहरूदेखि पुलिसले लकेट भएको एउटा सुनको चेन, एउटा सुनको औंठी, सुनको दुई जोड़ी बाला, सुनको एक झुम्का, सुनका औंठीहरू, शंखले बनेको सुनको चुड़ा, चांदीको एक कंगनको जोड़ी र एक चांदीको चूड़ा जफत गरेको छ।
पहिलेदेखि दर्ता प्राथमिकीको आधारमा पुलिसले पक्रा परेको आरोपीहरूसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी