इतिहासको पानामा 06 दिसम्बर- अयोध्यामा विवादित संरचना भत्काइयो
बाबरी


नयाँ दिल्ली, 05 दिसम्बर (हि.स.)। आजभन्दा 32 वर्ष पहिले 06 दिसम्बर 1992 मा उत्तर प्रदेशको अयोध्यामा एउटा घटना घट्यो जसले स्वतन्त्र भारतको सामाजिक र राजनीतिक इतिहासमा गहिरो छाप छोड्यो। विवादित बाबरी मस्जिद यसै दिन भत्काइएको थियो। यस घटनापछि देशभरि साम्प्रदायिक तनाव र हिंसा फैलियो, जसको परिणामस्वरूप लगभग 400 जनाको ज्यान गयो र व्यापक सम्पत्तिको क्षति भयो।

अयोध्यामा भगवान रामको जन्मस्थलमा भव्य राम मन्दिर निर्माण गर्ने सपनाले त्यस समयपनि मानिसहरूलाई उत्साहित बनाइरहेको थियो। त्यसैको प्रतीकात्मक समर्थनमा 06 दिसम्बर 1992 मा अयोध्यामा भारी संख्यामा मानिसहरू भेला भएका थिए। दिनको शुरूआत सामान्य रह्यो तर दिउँसोसम्ममा भीड़ नियन्त्रणदेखि बाहिर भयो र विवादित संरचनामाथि आक्रमण गरी केही घण्टामै बाबरी मस्जिदको तीनै गुम्बजहरू भत्कायो।

यो घटनाले देशको राजनीति, समाज र साम्प्रदायिक सम्बन्धमा गहिरो प्रभाव पाऱ्यो। विद्यमान तनाव हिंसात्मक भिड़न्तमा परिणत भयो र धेरै शहरहरूमा दंगा भड्कियो। अयोध्यामा शुरु भएको यो आगो मुम्बई, दिल्ली, अहमदाबाद, कानपुर, भोपाल र अन्य धेरै ठाउँहरूमा फैलियो।

आज जब अयोध्यामा राम मन्दिरको निर्माण द्रुत गतिमा अगाड़ी बढ़िरहेको छ भने यस मितिले हामीलाई इतिहासको त्यो महत्त्वपूर्ण मोडको सम्झना गराउँछ।

महत्वपूर्ण घटनाचक्रः

1907 - भारतको स्वतन्त्रता संग्रामसँग सम्बन्धित पहिलो डकैती चिङ्ग्रीपोट रेलवे स्टेशनमा भयो।

1917 - फिनल्याण्डले रूसबाट स्वतन्त्रता घोषणा गर्योक।

1921 - बेलायती सरकार र आयरिश नेताहरू बीचको सन्धिपछि, आयरल्याण्डलाई एक स्वतन्त्र राष्ट्र र ब्रिटिश राष्ट्रमण्डलको सदस्य घोषित गरियो।

1926 - फिराक गोरखपुरीलाई उनको साहित्यिक जीवनको शुरुवातमा ब्रिटिश सरकारको राजनीतिक बन्दी बनाइएको थियो।

1946- होमगार्ड संगठनको स्थापना गरियो।

1978 - युरोपेली देश स्पेनले संविधान अपनायो।

1978- स्पेनमा 40 वर्षको तानाशाही शासनपछि देशका नागरिकहरूले लोकतन्त्र स्थापना गर्न मतदान गरे। संविधान अनुमोदन गर्न यो जनमत संग्रह गराइएको थियो।

1983- य़ेरुसेलममा भएको बस बम विस्फोटमा छ जनाको मृत्यु भयो।

1990 - युद्ध रोक्ने प्रयासमा इराकी राष्ट्रपति सद्दाम हुसेनले इराक र कुवेतमा राखिएका सबै विदेशी बन्धकहरूलाई रिहा गर्ने आदेश दिए।

1992- अयोध्यामा रहेको विवादित बाबरी मस्जिद संरचना भत्काइयो। परिणामस्वरूप भएको हिंसामा लगभग 400 जनाको मृत्यु भयो।

1997 - जापानको क्योटोमा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन शुरु भयो।

1998 - 13औं एसियाली खेलकुद बैंककमा शुरु भयो, स्वीडेनले इटालीलाई हराएर लगातार दोस्रो पटक डेभिस कप जित्यो।

1998 - ह्युगो चाभेज भेनेजुएलाको राष्ट्रपति निर्वाचित भए।

1999 - इन्डोनेशियाई जेलबाट 283 कैदीहरू भागे।

2001 - अफगानिस्तानमा तालिबानले आफ्नो हतियार समर्पण गर्न सहमति जनाए।

2002 - स्पेनका कार्लोस 'एटीपी यूरोपियन प्लेयर आफ़ द इयर' खिताब दिइयो।

2007- अष्ट्रेलियाली विद्यालयहरूमा सिख विद्यार्थीहरूलाई किरपान बोक्ने र मुस्लिम छात्राहरूलाई कक्षामा हिजाब लगाउने अनुमति दिइएको थियो।

2008 - केन्द्रीय बैंकले रेपो दर र रिवर्स रेटमा एक प्रतिशतको कटौती गऱ्यो।

2008 – ह्याण्ड इन ह्याण्ड 2008 भारतीय र चीनीयाँ सेनाहरू बीचको संयुक्त सैन्य अभ्यास कर्नाटकको बेलगाउँमा शुरु भयो।

2012- इजिप्टमा प्रदर्शनका क्रममा सात जनाको मृत्यु र 770 जना घाइते भए।

जन्म

1732 - वारेन हेस्टिंग्स – ईस्ट इण्डिया कम्पनीका प्रथम गभर्नर जनरल।

1896 - ब्रिजलाल व्यानी - मध्य प्रदेशका प्रख्यात सामाजिक तथा राजनीतिक कार्यकर्ता।

1947 - प्रवीण कुमार सोबती - भारतीय चलचित्र तथा सानो पर्दाका अभिनेता।

1998 - कपिल देव द्विवेदी - वेद, वेदांग, संस्कृत, व्याकरण र भाषाशास्त्रका एक उत्कृष्ट विद्वान।

मृत्यु

1956 - डा. भीमराव अम्बेडकर - संविधान निर्माता र बौद्ध पुनरुत्थानवादी।

1986- भगवान सहाय - भारतीय जम्मू र कश्मीर राज्यका दोस्रो राज्यपाल।

1998 - मेजर होशियार सिंह - परमवीर चक्रद्वारा सम्मानित भारतीय सैनिक।

2009- बिना राई - प्रसिद्ध हिन्दी चलचित्र अभिनेत्री।

2015 - राम मोहन - प्रसिद्ध भारतीय चरित्र अभिनेता।

2015 - डा. ब्रह्मदेव शर्मा - भारतीय प्रशासनिक सेवा (IAS) अधिकारी।

महत्वपूर्ण दिनहरू

नागरिक सुरक्षा दिवस

होमगार्ड स्थापना दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande