
आसनसोल, 06 दिसम्बर (हि.स.)। वर्ष 2026- को विधानसभा चुनाउपूर्व औद्योगिक नगरी आसनसोलमा राजनीतिक तापमान द्रूत गतिमा बढ़िरहेको छ। विशेष जनसम्पर्क अभियान अन्तर्गत भाजपाले जनतासित सम्पर्क गर्ने प्रयास गरिरहेको छ। आसनसोलको हरेक टोल, हरेक चौरस्ता तथा हरेक बस्तीमा आगामी 15 दिसम्बरसम्म लगातार पथसभा आयोजना गरिनेछ जसको लक्ष्य जनतासित सोझै सम्वाद स्थापना गरी आगामी चुनाउको लागि मजबुत जनाधार तयार गर्नु हो।
यसै क्रममा शनिवारदेखि आसनसोल उत्तर मण्डल (2)-को नेतृत्वमा भारतीय जनता पार्टीको ‘परिवर्तन पथसभा’ कार्यक्रम आसनसोल मैदा कोल क्षेत्रबाट औपचारिक रूपमा शुरू भयो। स्थानीय मानिसहरूको व्यापक सहभागिताबीच सभास्थलमा उत्साह अनि आक्रोश दुवै देख्न पाइयो। भाजपा कार्यकर्ताहरूले सरकारको विरोधमा व्यापक नाराबाजी गरे अनि परिवर्तन ल्याउने संकल्प लिए। सभाको मञ्चबाट नेताहरूले स्पष्ट रूपमा जनतालाई आश्वस्त पार्दै भने, आगामी वर्ष 2026-मा राक्षसी तृणमूल सरकारलाई हटाएर भाजपाको सरकार बनाइनेछ। यस परिवर्तन पथसभामा मुख्य रूपमा मण्डल अध्यक्ष सुदीप चौधरी, मदन चौबे, शम्पा राय, उपासना उपाध्याय, अभय बर्णवाल, कृष्णेन्दु मुखर्जी आदि उपस्थित थिए। सबै नेताहरूले एकै स्वरमा भने, यो आन्दोलन शुरूआत मात्र हो, आगामी दिनमा आसनसोलको हरेक वार्डमा यसलाई तीव्रता दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा