बिहारको कुख्यात भू-माफिया नाैशाद पश्चिम बंगालबाट पक्राउ
बिहारको कुख्यात भू-माफिया नाैशाद पश्चिम बंगालबाट पक्राउ


कोलकाता, 6 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा बिहार एसटीएफ औ कोलकाता पुलिसले संयुक्त अभियान संचालन गरी शुक्रवार एक आवासीय परिसरबाट बिहारको कुख्यात भू-माफियालाई पक्राउ गऱ्यो। आरोपीमाथि बिहारमा जमीन कब्जा, रंगदारी, असुली र हत्या सहित केही गम्भीर मामिलाहरूमा प्राथमिकी दर्ता छ। हालैमा एक कलोनीमा भएको गोलीकाण्डपछि आरोपी विरूद्ध नयाँ मामिला दर्ता भएको थियो जसमा पुलिसले उसलाई खोजिरहेको थियो।

पुलिस अनुसार अपराध गरेपछि पुलिसदेखि बच्नको लागि आरोपी नौशाद सदैव कोलकाता र गोवामा लुकेर बस्थ्यो। यसपालि उ कोलकातामा रहेको जानकारी पाउनसाथ बिहार पुलिसले स्थानीय पुलिससित मिलेर कारबाही गऱ्यो अनि शुक्रवार उसलाई पक्राउ गऱ्यो।

सूत्र अनुसार पक्रा पर्ने आरोपीलाई ट्रान्जिट रिमाण्डमा पटना लगिनेछ जहाँ उमाथि दर्ता मामिलाहरूको अग्रिम जाँच गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande