
सिलगढ़ी, 06 दिसम्बर (हि.स.)। मादक पदार्थ तस्करी मामिलामा तृणमूल कांग्रेसको छात्र नेता सुरजीत साहाको गिरफ्तारीपछि अब मामिलामा अझ् एक ठूलो कारबाही भएको छ। जाँचमा पुलिसले पानीटंकीबाट ड्रग डीलर धनेश्वर सिंह उर्फ मदनलाई पक्राउ गरेको छ।
दुई दिन अगाड़ी पानीटंकी फ्लाइओवरमा मादक पदार्थको अदला-बदलीको समय
सशस्त्र सीमा बल (एसएसबी) ले सुरजीत साहालाई रेड ह्याण्डेड पक्राउ गरेको थियो। उसको गिरफ्तारीपछि उदेखि 102 ग्राम मार्फीन जफत भएको थियो। यही मामिलाको जाँचलाई अगाड़ी बढ़ाउँदै खोरीबाड़ी थाना पुलिसले बिहिवार अबेर राति धनेश्वर सिंहलाई पक्राउ गऱ्यो।
पुलिस सूत्रहरू अनुसार, धनेश्वर सिंहले सीमा क्षेत्रमा बसेर मादक पदार्थहरूको नेटवर्क चलाइरहेको थियो र लामो समयदेखि फरार थियो। उसको छात्र नेता सुरजीत साहासित पनि सम्बन्ध रहेको बताइँदैछ। खोरीबाड़ी थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी