
नयाँ दिल्ली, 06 दिसम्बर (हि.स.)। दिल्लीका मेयर राजा इकबाल सिंह र दिल्ली भारतीय जनता पार्टी (भाजपा)- का प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले शनिवार डा. भीम राव अम्बेडकरको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
मेयर राजा इकबाल सिंहले सोशल मीडिया एक्समा पोस्ट गरी श्रद्धाञ्जली अर्पण गर्दै भने, सामाजिक न्याय, समान अधिकार औ शिक्षाको माध्यमबाट मानिसहरूलाई सशक्त बनाउने उनको सोचले आज पनि देशलाई दिशा दिन्छ। संविधान निर्माण तथा वञ्चित वर्गको उत्थानमा उनको योगदानले सदैव प्रेरणा दिन्छ। हामी सबै उनले सिकाएका पाठलाई अंगालेर एक श्रेष्ठ समाज बनाउने संकल्पलाई दोहोऱ्याउँछौं।
भाजपा दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले एक्स पोस्टमा लेखे, सर्वसमावेशी, सर्वहितग्राही औ उत्कृष्ट लोकतान्त्रिक मूल्यहरूद्वारा दीप्त ‘एक भारत-श्रेष्ठ भारत’- को भावनालाई समृद्ध बनाउने भारतीय संविधानका शिल्पकार, ‘भारत रत्न’ बाबा साहब डा. भीमराव अम्बेडकरको महापरिनिर्वाण दिवसमा उनलाई विनम्र श्रद्धाञ्जली। समतामूलक एवं न्यायप्रिय समाज स्थापनाको लागि उनको संघर्षले सबैलाई अनन्त कालसम्म प्रेरणा दिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा