
नयाँ दिल्ली, 6 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले संविधान निर्माता डा. भीमराव अम्बेडकरको महापरिनिर्वाण दिवसमा अलिपुरस्थित राष्ट्रिय स्मारकस्थित उनको प्रतिमामा पुष्पाञ्जली अर्पण गरी उनलाई नमन गरिन्। यस अवसरमा दिल्लीका समाज कल्याण मन्त्री रविन्द्र इन्द्राज सिंह अनि विधायक सूर्य प्रकाश खत्री पनि उपस्थित थिए।
मुख्यमन्त्रीले एक्स पोस्टमा लेखिन्, डा. अम्बेडकरको जीवन संघर्ष, परिश्रम औ समानताको सिद्धान्तको प्रतीक रहिआएको छ। उनले समतामूलक राष्ट्रको परिकल्पनालाई साकार पार्ने दायित्व हामी सबैमाथि छाड़िदिएका छन्। आज उनको महापरिनिर्वाण दिवसमा हामी उनका आदर्श, संवैधानिक मूल्य, कर्तव्यनिष्ठा, सामाजिक समरसता एवं राष्ट्रहितलाई पुनः आत्मसात गर्ने संकल्प लिन्छौं।
उनले भनिन्, न्याय, समता तथा सामाजिक उत्थानको जुन अमूल्य सिद्धान्तमा आधुनिक भारतको जग बसाले, त्यसको केन्द्रमा बाबा साहेबको अद्वितीय योगदान सदैव अमर रहनेछ। उनले वञ्चित, शोषित तथा समाजको अन्तिम पंक्तिमा उभिएका मानिसहरूलाई अधिकार, सम्मान र अवसर दिलाउनका लागि जीवनभरि संघर्ष गरे। डा. अम्बेडकरले देखेका समतामूलक, सशक्त तता समावेशी समाजको सपनालाई पूरा गर्नको लागि दिल्ली सरकारले प्रतिबद्ध रूपमा काम गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा