कफ सिरप पिउनाले दुई अबोध दाज्यु-भाइको स्वास्थ्य बिग्रियो, एकजनाको मृत्यु
कफ सिरप पिउनाले दुई अबोध दाज्यु-भाइको स्वास्थ्य बिग्रियो, एकजनाको मृत्यु


औरैया, 06 दिसम्बर (हि. स.)। उत्तर प्रदेशमा औरैया जिल्लाको ऐरवाकटरा थाना अन्तर्गत नगला कहारन गाउँमा गए शुक्रवार कफ सिरप पिएपछि दुई दाज्यु-भाइको अवस्था अचानक बिग्रियो। श्वास-प्रश्वासमा समस्या तथा वान्ता हुन थालेपछि परिवारले हतार-हतार उनीहरूलाई सामुदायिक स्वास्थ्य केन्द्र बिधुनामा पुऱ्याए जहाँ चिकित्सकहरूले दाज्युलाई मृत घोषित गरिदिए भने भाइको अवस्था गम्भीर रहेको कारणले उसलाई उत्तर प्रदेश आयुर्विज्ञान विश्वविद्यालय सैफई रेफर गरियो। यस हृदयविदारक घटनापछि परिवारमा गहिरो शोक व्याप्त भएको छ।

सहार क्षेत्रको गाउँ पटना बेला निवासी सचिन कुमार आफ्नी पत्नी नेहा र दुवै छोरा 18 महिनाको रोहन अनि 9 महिनाको सोहनसित गए बिहीवार दोवामाफी मन्दिरमा मुण्डन संस्कारको लागि आएका थिए। कार्यक्रमपछि परिवार घर फर्कियो, तर सचिन आफ्नो परिवारसित नगला गराहनस्थित साढ़ुको घरमा बसेका थिए।

गए शुक्रवार दुवै बच्चालाई खोकी लाग्न थाल्यो। घरेलु उपचार अन्तर्गत घरमा राखिएको कफ सिरप कोफजिन ती बच्चाहरूलाई पिलाइयो जुन उनीहरूकी छ्यामाले आफ्नो उपयोगको लागि ल्याएकी थिई। परिवार अनुसार सिरप पिलाएपछि नेहाले रोहनलाई दुध पिलाएर सुताइदिइन्। साँझ पर्दा-नपर्दा उनीहरूको अवस्था बिग्रियो।

साँझ लगभग चार बजे बच्चाहरू नउठेपछि परिवारले उनीहरूलाई उठाउने चेष्टा गऱ्यो, तर कुनै प्रतिक्रिया नभएपछि तुरून्तै सीेचसी बिधुना लगियो जहाँ तैनाथ चिकित्सक डा. प्रदीप सिंहले बताए, रोहनलाई मृत अवस्थामा ल्याइएको थियो भने सोहनको सास नलीमा समस्या भएको कारणले उसलाई रेफर गरियो। डाक्टरले आशंका व्यक्त गरे, डकार नआएको कारणले सास नलीमा अवरूद्ध भएर यस्तो गम्भीर स्थिति भएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande